२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

मिस झापाको सकियो पहिलो अडिसन


बिर्तामोड, असोज ९ । वीरता जेसिजको आयोजनामा हुन लागेको मिस झापा २०२१ मा सहभागी हुने किशोरीको पहिलो चरणको अडिसन सकिएको छ ।

आज बिर्तामोडको होटल द किंग्सबेरीमा भएको अडिसनमा जिल्लाका विभिन्न क्षेत्रका किशारीहरु सहभागी रहेको महासचिव एलसी श्रेष्ठले जानकारी दिए ।

नारीहरुमा अन्तरनिहित प्रतिभा उजागर गर्ने, आत्मविश्वास र सक्षम बनाउने उद्देश्यसाथ मिस झापा आयोजना गरिएको अध्यक्ष राजीव धिमालले बताए ।

प्रतियोगितामा कक्षा १२ अध्ययनरत र सोभन्दा माथिका महिलाको सहभागिता गराइनेछ । १८ वर्षदेखि २५ वर्ष उमेर समूहका झापाका किशारीहरुले प्रतियोगितामा भाग लिन पाउने श्रेष्ठले जानकारी दिए ।

सन् २०१४ देखि सुरु गरेको मिस झापाको संयोजन बिर्ता मिडिया प्रालिले गर्दै आएको छ । यसपटकको विजेताले स्कुटर पाउनुका साथै मिस नेपालमा सहभागी हुने अवसर प्राप्त गर्नेछ ।

दोस्रो चरणको अडिसन आउँदो शनिबार सोही स्थानमा हुनेछ धिमालले बताए । अडिसनको निर्णायकमा कोरियोग्राफर स्वेता कालाखेती, सञ्चारमर्की हिमाल खरेल, जेसिजका तर्फबाट प्रविण खड्का र फेसन डिजाइनर विवश राई रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer