२०८१ बैशाख ६ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

विशेष फिचरसहित आइफोन १३ सिरिज सार्वजनिक


बिर्तामोड, असोज ११ । एप्पलले आइफोन १३ सिरिज सार्वजनिक गरेको छ। मंगलबार राति एक समारोहका बीच एप्पलले आइफोनसँगै एप्पल वाच र आइप्याड पनि सार्वजनिक गरेको हो।

आइफोन १३ सिरिजमा चार आइफोन लञ्च गरिएका छन्। जसमा आइफोन १३ मिनी, आइफोन १३, आइफोन १३ प्रो र आइफोन १३ प्रो म्याक्स रहेको छ। सबैको डिजाइन लगभग भए समान रहेको छ। आइफोन १३ सिरिजमा १२ भन्दा बढी क्षमताको ब्याट्री, उत्कृष्ट क्यामेर फिचर र राम्रो डिस्प्ले प्रयोग गरिएको छ भने नयाँ र पावरफूल प्रोसेसर ए १५ प्रयोग गरिएको छ जसमा ६ कोर सिपियु रहेको छ।

आइफोन १३ र १३ मिनीमा ५१२ जिबी स्टोरेज सम्म रहेको छ भने प्रो र प्रो म्याक्समा १ टिबी सम्मको स्टोरेज रहेको छ। कम्पनीले पहिलो पटक १ टिबी स्टोरेज क्षमतामा आइफोन सार्वजनिक गरेको हो।

आइफोन १३ प्रो र प्रो म्याक्सको डिस्प्लेमा १२० हर्जको रिफ्रेस रेट दिइएको छ। माथिको क्यामेरा स्पेसलाई पनि छोट्याइएको छ। आइफोन १३ मा १२ सय निट्सको ब्राइटनेश दिइएको छ। आइफोन १३ लाई वाटरप्रुफ र डस्टप्रुफ बनाउन आइपी ६८ रेटिङ दिइएको छ।

आइफोन १३ सिरिजको क्यामेरामा सिनेमेटिक मोड दिइएको छ। जसले उच्च क्षमताको भिडियो रेकर्ड गर्ने क्षमता राख्छ भने यसमा पनि विभिन्न फिचरहरु उपलब्ध गराइएको छ। आइफोन १३ र मिनीमा १२ मेगापिक्सलको दुइवटा क्यामेरा जडान गरिएको छ। जसमा अप्टिकल स्टेबलाइजेशनको उपयोग गरिएको छ। नाइट मोडलाई अझै उत्कृष्ट बनाइएको छ। सबै आइफोनमा १२ मेगापिक्सलकै फ्रन्ट क्यामेरा दिइएको छ। आइफोन १३ प्रो र प्रो म्याक्समा १२ मेगापिक्सलका तीनवटा क्यामेरा दिएको छ। जसमा एउटा टेलिफोटो लेन्स पनि रहेको छ। यसले ३ एक्स अप्टिकल जुम गर्न सक्छ। एक अल्ट्रा वाइड लेन्स रहेको छ भने यसैमा म्याक्रो लेन्स पनि जडान गरिएको छ। सबै आइफोनमा फाइभ जी सपोर्ट उपलब्ध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer