२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

झापा ट्राफिक प्रहरी नयाँ भवनमा सर्दै


बिर्तामोड, असोज १८ । १ नम्बर प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नयाँ भवन निर्माण भएको छ ।

बिर्तामोड–५ मा अढाइ तले सो पक्की भवन एक करोड ८८ लाख ८५ हजार ५७७ रुपैयाँको लागतमा निर्माण भएको हो । ट्राफिक प्रहरी कार्यालयको नाममै रहेको छ कठ्ठा जग्गामा सो भवन बनेको हो । सो भवनको तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शिलान्यास गरेका थिए ।

सो जग्गा सडक विभागको यान्त्रिक कार्यालयको थियो । यान्त्रिक कार्यालय हटेसँगै ट्राफिक प्रहरीको नाममा लालपूर्जा आएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक निशेष चापागाईंले बताए ।

२०७६ जेठ ९ गते शृंखलाा निर्माण सेवा प्रालि नुवाकोटसँग सम्झौता गर्दै ट्राफिक प्रहरीका लागि भवन निर्माणको काम अघि बढाइएको थियो । हाल बिर्तामोडस्थित मुक्तिचोक उत्तर सानो र साँघुरो घरबाट ट्राफिक प्रहरीले सेवा दिँदै आएको छ ।

आधुनिक र सुविधासम्पन्न ट्राफिक प्रहरीको भवन निर्माण गर्ने उद्देश्यअनुसार अहिले जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण सम्पन्न भएको हो । भवन निर्माण प्रदेश १ सरकारको आर्थिक सहयोगमा सम्पन्न भए पनि कम्पान्ड वाल भने स्थानीयबासी, व्यापारी, व्यवसायीहरुको आर्थिक सहयोगमा निर्माण भइरहेको चापागाईंले बताए । निर्माण सेवा कम्पनीले दसैँअघि नै ट्राफिक प्रहरी कार्यालयलाई भवन हस्तान्तरण गर्ने योजना रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer