२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

युवा शक्ति अघि बढे मात्र मुलुक बन्छ- प्रसाईं


बिर्तामोड, असोज २० । बिएन्डसी अस्पताल एवम् पूर्वाञ्चल क्यान्सर अस्पतालका सञ्चालक तथा व्यवसायी दुर्गा प्रसाईंले युवा शक्ति अघि बढे मात्र मुलुक बन्न सक्ने धारणा व्यक्त गरेका छन् ।

आज झापाको बिर्तामोडमा स्वतन्त्र युवा समाज झापाले आयोजना गरेको भव्य कार्यक्रमका प्रमुख वक्ता रहेका प्रसाईंले मुलुकको आमुल परिवर्तनको लागि युवा शक्ति एक भएर अघि बढ्नुपर्ने जिकिर गरे ।

समृद्ध नेपाल निर्माणका लागि युवा नेतृत्वको आवश्यक भएको औँल्याउँदै प्रसाईंले ‘म जे गर्छु नेपालमै गर्छु र नेपालीका लागि गर्छु’ भन्ने नारासहित आफू व्यवसाय क्षेत्रमा अघि बढेको बताए ।

उनले भविष्यमा नेपालमै ५० हजार युवालाई प्रत्यक्ष रोजगारी दिने योजनाका साथ अघि बढेको सुनाए । त्यसको लागि पश्चिमको धनगढी र नेपालगञ्जमा सुविधासम्पन्न अस्पताल निर्माणको लागि काम सुरू भइसकेको उनले जानकारी दिए ।

जनताको मुक्ति र देशको समृद्धिको लागि ठुलाठुला आन्दोलन र परिवर्तन भए पनि ती केवल नेताको सुविधा र पदको लागि मात्र भएका उनको भनाइ थियो । अब युवा शक्तिको जोस र जाँगरलाई साथमा लिएर मुलुक बनाउने महान अभियानमा आफू लागिसकेको बताउँदै त्यो अर्जुनदृष्टिमा साथ दिन सबैलाई आग्रह गरे ।

उनले मुलुकमा लोकतन्त्र र गणतन्त्र आएर जनताले केही नपाएको र सिंहदरबार र बालुवाटार मात्र बस्ने प्रधानमन्त्री जनताले नचाहेको उनको धारणा थियो । कर्णालीका विकट भेगमा पुगेर विकास गर्ने र त्यहाँका जनतालाई साथ दिने प्रधानमन्त्री जनताले खोजेको उनले बताए ।

मन्तव्यका क्रममा उनले आगामी संसदीय निर्वाचनमा आफू पनि झापाको कुनै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने संकेत गरे । प्रसाईंले आफू जनतालाई झुक्याउँदै घरघर गएर भोट नमाग्ने प्रस्ट पारे । सभाअघि बिर्तामोडबाट शनिश्चरे हुँदै पुनः बिर्तामोडसम्म भव्य र्यालीको आयोजना गरिएको थियो । र्यालीमा १ सय गाडी, ३ सय अटो रिक्सा र ५ सयभन्दा बढी मोटरसाइकल थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer