२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

शिखरको स्थापना दिवसमा विपन्नलाई नयाँ कपडा


बिर्तामोड, असोज २२ । शिखर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ११औँ स्थापना दिवस विपन्न परिवारका छोराछोरीलाई नयाँ कपडा वितरण गरेर मनाएको छ ।

आज राजगढ सेवा केन्द्रमा सरकारी विद्यालयमा अध्यनरत ३ देखि १४ वर्ष उमेरसम्मका नानीबाबुलाई नयाँ कपडा वितरण गरिएको हो । कार्यक्रममा सो सेवा केन्द्रका १०० जना लाई नयाँ कपडा वितरण गरिएको थियो ।

संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापना दिवसको अवसरमा नयाँ लुगा वितरण गरेको संस्थाका अध्यक्ष दिपेन्द्र राउतले बताए । ०६७ असोज २२ गतेबाट सुरु गरिएको शिखर साकोस बिर्तामोडमा मुख्य कार्यालय रहेर राजगढ र गरामनीमा सेवा केन्द्र सञ्चालनमा रहेको छ ।

७ हजार ८४५ जना शेयर सदस्य रहेको यस संस्थामा एक हजार ३२० जना ऋणी रहेका छन् । ५ करोड ४४ लाख ७४ हजार ७०० शेयर पुँजी रहेको संस्थाले जनाएको छ । ७० करोड बचत र ६९ करोड रुपैयाँ ऋण लगानी गरिएको छ । ९४ करोड ५७ लाख ८४ हजार ८२५ रुपैयाँको वासलात रहेको यस संस्था सदस्यमुखी रहेको छ ।

लक्ष्मी पूजादेखि आफ्नै भवनबाट सेवा सुरु गरिने सञ्चालक किरण पौडेलले बताए । संस्थाले हाल सम्म एक हजार २०० लाई प्रत्यक्ष शिखर मोबाइल बैंकमा जोडेको छ भने यस वर्षसम्म दुई हजारभन्दा बढीलाई मोबाइल बैंकमा जोडेर सदस्यहरुलाई प्रविधिमा अब्बल बनाइने आइटी संयोजकसमेत रहेका पौडेलले बताए ।

संस्थाले लगानीमा १ प्रतिशत सेवा शुल्क लिएर सेवा प्रवाह गर्दै आएको तथा १२ र १३ प्रतिशतसम्म ऋण लगानी गरिँदै आएको सहसचिव तारा खतिवडाले बताए । सहकारीमा लकर सुविधा प्रदेश नम्बर १ मै पहिलोपटक सुरुवात गरेको अध्यक्ष राउतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer