२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

तीन करोड लगानीमा शनिश्चरेमा शनिअर्जुन मार्ट


बिर्तामोड, असोज २६ । झापाको शनिश्चरे बजारमा मंगलबारबाट शनिअर्जुन मार्ट सञ्चालनमा आएको छ । मार्ट एनआइसी एसिया बैंकको पूर्वपट्टि रहेको छ ।

अर्जुनधारा ८ स्थित शनिश्चरे बजारमा मार्ट खुलेको हो । फूलपातीको दिन पारेर अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले मार्टको उद्घाटन गरे । बिर्तामोडका व्यवसायी गजेन्द्र पौडेलको लगानीमा शनिश्चरेकै पहिलो मार्ट सञ्चालनमा आएको हो ।

उद्घाटन मन्तव्य राख्दै रानाले सम्भावना बोकेको शनिश्चरे बजारमा युवा व्यवसायीको लगानीले समृद्ध नगर बनाउने संकल्पमा टेवा पुग्ने बताए । इलामदेखि झापासँग जोड्ने छोटो दूरीको सडक विस्तारले शनिश्चरे बजार विकसित हुने जनअपेक्षा भएको भन्दै बिर्तामोडपछि शनिश्चरे नै अर्को मुख्य बजार भएको उनको भनाइ थियो ।

सञ्चालक पौडेलका अनुसार मार्टमा ३ करोड रुपैयाँ प्रारम्भिक लगानी रहेको छ । शनिश्चरे, अर्जुनधारा र खुदुनाबारीको बजारको आवश्यकतालाई मार्टले पूरा गर्ने बताउँदै उनले लामो अध्ययनपछि मार्ट सञ्चालनमा ल्याइएको बताए ।

१७ धुर क्षेत्रफलमा रहेको मार्टमा एउटै छानामुनि सम्पूर्ण घरायसी सामानहरु उपलब्ध हुने सञ्चालक पौडेलले जानकारी दिए । स्थानीय उपभोक्तालाई मार्टले सेवा सुविधा दिन सकेको खण्डमा नगरको श्रीबृद्धिमा टेवा पुग्ने पनि उनको विश्वास छ ।

उनले भने, ‘मार्ट शनिश्चरे बजार र नगरकै गहना पनि हो ।’ पहिलो तलामा घरायसी सामग्रीसँगै खाद्यान्न रहेको छ भने माथिल्लो तलामा लत्ताकपडा र भाँडाकुडाको बिक्री गरिने भएको छ ।

मार्टमा अहिले २ हजार आइटम रहेको मार्टका व्यवस्थापक निश्चल पौडेलले बताए । उनका अनुसार मार्ट सञ्चालनमा आएपछि अन्य बजार मूल्यभन्दा सस्तोमा उपभोग्य सामग्री उपलब्ध हुनेछ ।

मार्ट सञ्चालनमा आएपछि ९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । उद्घाटन कार्यक्रम पशुपति एसिया मल्टी ग्रुप प्रालिका सिइओ इन्दिवर खड्काले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer