२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

झापा जिल्ला खेलकुद अध्यक्षमा चन्द्र, उपाध्यक्षमा तुलसा


बिर्तामोड, कात्तिक ५ । प्रदेश नम्बर १ को खेलकुद विकास बोर्डले झापा जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा चन्द्र प्रसाईंलाई नियुक्त गरेको छ ।

बोर्डले झापासहित प्रदेशका सबै जिल्लाहरुका खेलकुद समितिहरुमा नेतृत्व चयन गरेको हो । त्यस्तै, उपाध्यक्षमा तुलसा प्रधान उप्रेतीलाई नियुक्त गरेको छ ।

मेचीनगर ७ का प्रसाईं नेकपा एमाले झापा सदस्य हुन् भने उप्रेती अर्जुनधारा २ निवासी एमाले कार्यकता हुन् ।

सामाजिक विकासमन्त्री तथा खेलकुद विकास बोर्डका अध्यक्ष बलबहादुर साम्सोहाङको नेतृत्वमा बसेको प्रदेशको खेलकुद विकास बोर्डले प्रदेशका १४ जिल्लामा नेतृत्व चयन गरेको हो ।
जिल्ला समितिहरु लामो समयदेखि रिक्त रहेका थिए । अब केही समयमै जिल्ला समितिलाई पूर्णता दिइने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer