२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

जिल्लास्तरीय महिला वक्तृत्वकला प्रतियोगिता हुने


बिर्तामोड, मंसिर ११ । वीरता लेडी जेसीजले यो वर्षबाट जिल्लास्तरीय खुला महिला वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ ।

संस्थाले आज पत्रकार सम्मेलन गर्दै कार्यक्रमको बारे जानकारी दिएको हो । प्रतियोगितालाई चारपानेमा रहेको सहारा नेपाल साकोसले मुख्य प्रायोजन गर्ने टुंगो लागेको छ ।

संस्थाकी अध्यक्ष स्वस्तिका आचार्यका अनुसार झापाका १५ वटै स्थानीय तहबाट प्रतियोगीहरु सहभागी हुनेछन् । यही मंसिर १८ गते अनलाइनमार्फत कम्तिमा १५ जना प्रतियोगीहरु छनोट गरिनेछ ।

प्रतियोगिताका प्रथम स्थान हाँसिल गर्नेले नगद २१ हजार, दोस्रोले ११ हजार र तेस्रोले ५ हजार १०० रुपैयाँ पाउने महासचिव हिमा पौडलले बताइन् । विजेताले ट्रफीसमेत पाउने छन् भने सहभागीलाई प्रमाणपत्र दिइने जसीजले जनाएको छ ।

छात्राहरुलाई प्रोत्साहन तथा क्षमता र नेतृत्व विकासका लागि कार्यक्रम आयोजना गरिएको आचार्यले जानकारी दिइन् । संस्थाले महिला सशक्तीकरण, महिला हकहित र अधिकारका पक्षमा काम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer