२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा डिपिएल पुस्तकालयको सुरुवात


बिर्तामोड, मंसिर १८ । डिपिएल नेपालले झापाको बिर्तामोडमा पुस्तकालयको सुरुवात गरेको छ ।

आज एक कार्यक्रमका बीच बिर्तामोड–१ मा रहेको क्षितिज नाट्य समूहको भवनमा पुस्ताकलयको सुरुवात तथा उद्घाटन गरिएको हो ।
प्रतिनिधिसभा सदस्य तथा माओवादी नेतृ धर्मशीला चापागाईं र संस्थाका संस्थापक अध्यक्ष भेषराज न्यौपानेले पुस्तकालयको उद्घाटन गरेका थिए ।

कार्यक्रममा सांसद चापागाईं, अध्यक्ष न्यौपाने, रोटरी क्लब अफ बिर्तामोड मिड टाउनका अध्यक्ष दिनेश पोखरेल, सामाजिक अभियान्ता युवराज दाहाल, डिपिएलका सन्दीप चापागाईंलगायतले शुभकामना व्यक्त गरेका थिए ।

डिपिएल बिर्तामोडका अध्यक्ष आशिष दाहालको अध्यक्षतामा भएको कार्यक्रममा डिपिएल नेसनल युथ बोर्डका अध्यक्ष विनोद उप्रेतीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत गरेका थिए ।

पठन संस्कृतिको विकास गर्न पुस्ताकलयले भूमिका खेल्ने आयोजकले विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer