२०८१ भदौ ३१ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा झापा साइक्लिङ च्यालेन्ज हुने


बिर्तामोड, मंसिर २९ । झापाको बिर्तामोडमा झापा साइक्लिङ च्यालेन्ज २०७८ हुने भएको छ । प्रतियोगिता यही पुस १० गते हुनेछ ।

आयोजक नेवाः पासा मुना पुचःका अनुसार स्वास्थ्य र स्वस्थ जीवनका लागि साइक्लिङ भन्ने नाराका साथ विभिन्न चार विधामा प्रतियोगिता हुन लागेको आयोजक समितिका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।

प्रतियागिता अनुसार महिला खुला (सबै उमेर समूह), पुरुष जुनियर (१८ वर्षमुनि), पुरुष एलाइट (१९ देखि ३५ वर्षसम्म) र पुरुष मास्टर्स (३५ वर्षदेखि माथि) गरी चार विधामा प्रतियोगिता हुने श्रेष्ठले बताए ।

२० किलोमिटर लामो हुने साइक्लिङ झापा अर्जुनधाराको सानो संसार हाउजिङबाट सुरु भई सालबारी–शनिश्चरे–जयपुर तल–कालिस्थान–सेतीपानी–सालबारी झिलपूर्व हुँदै चिया बगानबाट पुनः सुरु गरिएको स्थानमा आएर टुंगिनेछ ।

श्रेष्ठका अनुसार प्रतियोगितामा प्रथम हुनेले नगद १० हजार, दोस्रोले पाँच हजार र तेस्रो हुनेले नगद तीन हजार रुपैयाँ प्राप्त गर्नेछ । सहभागी सबैलाई प्रमाणपत्र दिइनेछ भने सहभागी फराम शुल्क २०० रुपैयाँ राखिएको छ । प्रतियोगिताको व्यवस्थापन प्याक एन्ड पाइडल नेपालले गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer