बिर्तामोड, पुस १३ । बालबालिकामा मुटुसम्बन्धी समस्या पत्ता लगाउने उद्देश्यले पल्मोनरी हाइपरटेन्सन एसोसिएसन नेपालले झापाको हल्दिबारीमा मुटुरोग परीक्षण स्वास्थ्य शिविर आयोजना गरेको छ ।
आज हल्दिबारी माविमा गरिएको परीक्षणमा एक हजारजना विद्यार्थीको मुटु र फोक्सोको प्रारम्भिक परीक्षण गरिएको एसोसिएसनका मेडिकल कोअर्डिनेटर डा. रोशन खतिवडाले जानकारी दिए ।
बेलैमा रोग पत्ता लागेमा निवारण गर्न सहज होस् भनेर शिविरको आयोजना गरिएको हो । फोक्सोमा उच्च रक्तचाप हुन अवस्थालाई पल्मोनरी हाइपरटेन्सन वा पल्मोनरी आर्टेरिया हाइपरटेन्सन भनिन्छ । प्राणघातक यो दीर्घरोग हो । किनकि समयमा यसको उपचार नभएमा दायाँ मुटु काम नर्गा अवस्था आउने शिविर संयोजक डा. जर्जबुसजङ्ग कटवालले बताए ।
५ देखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गरी शिविर आयोजना गरिएको हो । आठजनाको चिकित्सक टोलीले बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा बालबालिकालाई कोभिडका बारेमा जानकारी भएनभएको जानकारी लिइएको थियो ।