२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

पत्रकार महासंघ भवनको तला थप्न सुरु


बिर्तामोड, पुस २३ । नेपाल पत्रकार महासंघ झापाले बिर्तामोडस्थित कार्यालय भवनको स्तरोन्नतिको थालनी गरेको छ ।

शुक्रबार महासंघको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रदेश नम्बर १ का पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की र नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ का अध्यक्ष लीलाबल्लभ घिमिरेले संयुक्त रुपमा भवनको शुभराम्भ गरेका हुन् ।

भवन निर्माण शुभराम्भ गर्दै पूर्वमन्त्री कार्कीले निष्पक्ष पत्रकारितामा जोड दिए । उनले आगामी दिनमा पनि पत्रकार महासंघलाई आवश्यक सहयोग रहेन प्रतिबद्धता जनाएका छन् ।

महासंघ प्रदेश नम्बर १ अध्यक्ष घिमिरेले पत्रकारको क्षमता अभिबृद्धिका लागि प्रदेश समिति क्रियाशील रहेको बताए । अर्जुनधारा नगर प्रमुख हरिकुमार रानाले नगरको तर्फबाट पनि भवन निर्माणमा सहयोग रहने विश्वास दिलाए ।

महासंघ झापाको कार्यालय भवन स्तरोन्नतिका लागि प्रदेश सरकारले ४० लाख र बिर्तामोड नगरपालिकाले १० लाख रुपैयाँ विनियोजन गरिसकेको छ । कार्यक्रममा मन्त्रालयका उपसचिव ओमकारप्रसाद न्यौपानेले पनि शुभकामना मन्तव्य राखेका थिए ।

महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका पूर्वमहासचिव चन्द्र भण्डारी, प्रदेश समितिका महासचिव विवेक गौतम, कोषाध्यक्ष विमल लामिछाने, झापा शाखाका पूर्वअध्यक्ष चिन्तामणि दाहाल, प्रेस सम्बद्ध संघ÷संगठनका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

महासंघका उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer