२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

सुनचाँदी व्यवसायी संघ झापा अध्यक्षमा रमेश


बिर्तामोड, पुस २६ । नेपाल सुनचाँदी व्यवसायी संघ झापाको अध्यक्षमा रमेश विश्वकर्मा निर्वाचित भएका छन् ।

सोमबार बिर्तामोडमा भएको संघको तेस्रो जिल्ला अधिवेशनबाट कोहिनूर ज्वेलर्सका सञ्चालक विश्वकर्मा अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै, अधिवेशनले विशिष्ट सदस्यमा विजय श्राफ, उपाध्यक्षहरुमा बाबुराम विश्वकर्मा (रमेश), धीरेन विश्वकर्मा, तुलसी बिमली, राजेशकुमार सोनी र नगेन्द्र विश्वकर्मालाई सर्वसम्मत चयन गरेको छ ।

त्यस्तै, सचिवमा मुखीलाल बराइली, कोषाध्यक्षमा अभिषेख गहतराज, सहसचिवमा दिपक शाह र सहकोषाध्यक्षमा कृष्ण श्राफलाई चयन गरेको निर्वाचन समितिका संयोजक विशाल थापाले जानकारी दिए ।

त्यस्तै, सदस्यहरुमा सुनिल खाती, दिलबहादुर खाती, यागेन्द्रप्रसाद पाठक, मनबहादुर विश्वकर्मा, नारायण श्रेष्ठ, वैद्यनाथ शाह र सुवास धमला सर्वसम्मत चयन भएका छन् । समितिको कार्यकाल तीन वर्षको रहनेछ ।

यसैबीच, अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली, महासंघ १ नम्बर प्रदेश अध्यक्ष रुपदल विश्वकर्मा (राजु धमला), केन्द्रीय सदस्य राजकुमार गुप्ता, नेपाल उद्योग वाणिज्य महासंघका १ नम्बर प्रदेश सदस्य कुमार भट्टराई, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी सन्तोष आचार्यलगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा झापाका पुराना व्यवसायी चन्द्र राजभण्डारी, कालीगढ मानप्रसाद पोर्तेल र १ नम्बर प्रदेश अध्यक्ष तथा संघका संस्थापक अध्यक्ष राजु धमलालाई सम्मान गरिएको थियो ।

कार्यवहाक अध्यक्ष राजकुमार गुप्ताको अध्यक्षता भएको कार्यक्रममा स्वागत मनबहादुर विश्वकर्माले गरेका थिए भने सञ्चालन सञ्चारकर्मी स्वस्तिका आचार्यले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer