२०८१ कार्तिक ९ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

क्रिकेट खेल मैदानका लागि भद्रपुरमा अध्ययन सुरु


झापा, माघ २१ । नेपाल क्रिकेट संघ १ नम्बर प्रदेश समितिले झापाको भद्रपुरमा क्रिकेट मैदानको सम्भाव्यता र अवस्थाका बारेमा स्थलगत निरीक्षण गरेको छ ।

संघका सचिव मनोज कटवालका अनुसार आज भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा रहेको मैदानको अवस्था र सम्भाव्यत अध्ययनका लागि स्थलगत भ्रमण गरिएको छ ।

स्थलगत अध्ययनका लागि संघका १ नम्बर प्रदेश सचिव कटवाल, मेची बहुमुखी क्याम्पस प्रमुख तथा प्राध्यापक, जिल्ला क्रिकेट संघका सदस्यलगायतले भ्रमण गरेका थिए ।

अध्ययन गरिएको मैदान क्रिकेट खेल मैदान बनेको खण्डमा बंगलादेश, भारत, नेपाल, भुटान सम्मिलित अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाहरु खेलाउन उपयुक्त हुने सचिव कटवालले जनाएका छन् ।

२०६५ जेठ २१ गतेदेखि २०९० जेठ २० गतेसम्मको लागि नेपाल क्रिकेट संघ र मेची बहुमुखी क्याम्पसबीच मेची क्याम्पस क्रिकेट मैदान सञ्चालनको लागि दुई पक्षीय सम्झौता भएको थियो ।

सो सम्झौता हालसम्म पनि कायम नै रहेको कटवालले बताए । २०६७ फागुनमा बिनेश बर्मा स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगितासमेत सोही मैदानमा सञ्चालन भएको थियो ।

सो प्रतियोगिता नेपाल सशस्त्र प्रहरी बलले जितेको थियो । सो मैदानमा नेपालका अधिकांश राष्ट्रिय खेलाडीहरुका साथै पूर्वकप्तान पारस खड्का, पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, पूर्वकप्तान विनोद दास, शरद भेषावकरलगायत खेलाडीले सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer