२०८१ मंसिर १६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

ऐन नबन्दा पूर्वाञ्चल क्यान्सर अस्पतालमा थन्कियो २८ करोडको मेसिन


झापा, माघ २२ । सरकारी ऐनले सञ्चालन गर्ने अनुमति नदिएपछि झापाको पूर्वाञ्चल क्यान्सर अस्पतालमा रहेको पेडसिटी मेसिन अहिलेसम्म सञ्चालनमा ल्याउन सकेको छैन ।

अस्पतालले झन्डै २ वर्षअघि पेडसिटी मेसिन ल्याएको थियो । मेसिनको मूल्य २८ करोड रुपैयाँ परेको अस्पतालले जनाएको छ । सरकारी ऐन बाधक बन्दा वार्षिक करोडौँ मूल्य पेडसिटीका लागि मात्र भारत जाने गरेको छ ।

पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्र यादवका अनुसार मेसिन सञ्चालन गर्न सरकारी ऐनले ढिलो भएको हो । दुई वर्षअघि मेसिन झापा आइपुग्दा सञ्चालन गर्ने ऐन नै बनेको थिएन । ऐन बने पनि पास भएको छैन ।

पेडसिटी मेसिन सञ्चालन हुन नसक्दा पूर्वाञ्चल क्यान्सर अस्पतालले मात्र झन्डै ८ सय बिरामी भारत पठाइएको उनले बताए । यही कारण मात्र वार्षिक करोडौँ मूल्य भारत गएको डा. यादवले सुनाए । उनका अनुसार सामान्य पेडसिटी जाँच गरेको मात्र पनि ३० हजार रुपैयाँ हाराहारी खर्च लाग्छ ।

पेडसिटी मेसिनबाट क्यान्सर कहाँ फैलिएको छ हेर्न मिल्छ । शरीरमा भएका दागहरू हेर्न मिल्छ । शरीरको कुनै पनि भागमा भएको क्यान्सर हेर्न मिल्छ । डा. यादव भन्छन्, ‘क्यान्सर फैलिएको वा घटेको सबै चेक गर्न सकिन्छ । यो एकदम नै महत्वपूर्ण मेसिन हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer