२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

गायिका लता मंगेसकरको निधन


झापा, माघ २३ । प्रसिद्ध भारतीय गायिका लता मंगेसकरको निधन भएको छ । उनलाई कोरोना संक्रमणसँगै निमोनिया भएको थियो ।

संक्रमण पुष्टि भएपश्चात उनी अस्पताल भर्ना भएकी थिइन् । मंगेशकरको उपचार आइसियुमा राखेर भइरहेको थियो । उनको ९२ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मंगेशकर एक महिनाअघि लक्षणसहित कोरोना संक्रमित बनेकी थिइन् ।

त्यसपछि उनलाई मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उनलाई इन्टेन्सिभ केयर युनिट (आइसियु) मा राखेर उपचार सुरु गरिएको थियो । भारत रत्न र दादा साहेब फाल्के जस्ता सम्मान हासिल गरेकी मंगेशकर भारतीय सिनेमाको सर्वश्रेष्ठ गायिका मानिन्छन् । उनले आफ्नो करियरको सुरुवात १३ वर्षको उमेरमा सन् १९४२ मा गरेकी थिइन् ।

उनले भारतका विभिन्न भाषामा ३० हजारभन्दा बढी गीत गाएकी छन् । उनी भारतकै सबैभन्दा प्रख्यात र सम्मानित पाश्वृ गायिका हुन् । सन् १९४२ मा गाउन सुरु गरेकी उनले एक हजारभन्दा बढी बलिउडका चलचित्रहरूमा ३६ भाषाहरूमा स्वर दिएकी छन् । उनी आशा भोसले, ह्रिदयनाथ मंगेशकर, उशा मंगेशकर र मीना मंगेशकरको दिदी हुन् ।

भारतको सबैभन्दा ठुलो गैरसैनिक पदक भारत रत्न पाउने उनी केवल दोस्रो गायिका हुन् । मंगेशकर गिनिज बुकमा सन् १९७४ देखि १९९१ सम्म सबैभन्दा बढी गीतहरू रेकर्ड गराउने गायिकाको रूपमा दाखिल थिइन् । उनले १९४८ देखि १९७४ सम्म तीस हजार गतिहरू रेकर्ड गराएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer