२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

गायक प्रमोदको ‘नोगेन’ १ नम्बर ट्रेन्डिङमा


झापा, माघ २५ । नेपाली आधुनिक संगीतका लोकप्रिय तथा व्यस्त गायक प्रमोद खरेलले ‘नोगेन’ शीर्षकको गीत सार्वजनिक गरेका छन् ।

गायक प्रमोदले झन्डै पाँच महिनाको अन्तरपछि आफ्नै युट्युब च्यानलबाट यो गीत ल्याएका हुन् । गीत सार्वजनिक गरेको दोस्रो दिनसम्म १ नम्बर ट्रेन्डिङमा परेको छ ।

भिडियोमा झन्डै १० लाख भ्युअर्स पुगिसकेका छन् । प्रमोद र रुक्सना लिम्बूको स्वर रहेको गीतमा अभिनय पनि उनीहरु दुईजनाकै छ । झापा चारआलीकी रुक्सना ‘द भ्वाइस किड्स’को फाइनलिस्ट हुन् ।

महेश खड्काको शब्द तथा संगीत रहेको गीतलाई विशाल निरौलाले संगीत संयोजन गरेका हुन् । मिनाक्षी कोइरालाको निर्देशनमा बनेको भिडियोलाई अर्जुन तिवारीले छायाँकन र मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । भिडियोको उत्पादन दिपा सिटौलाले गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer