२०८१ बैशाख २६ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

कृपालाई झापामा भव्य स्वागत


झापा, माघ २७ । सारेगमप लिटिल च्याम्स नेपालको पहिलो सिजनको विजेता कृपा पौडेललाई गृह जिल्ला झापामा भव्य स्वागत गरिएको छ ।

उनलाई भद्रपुर विमानस्थलमै कृपा जिताउ अभियानसहित विभिन्न संघसंस्थाले फूलमालाले भव्य स्वागत गरेका हुन् । उनी विजेता बनेपछि बिहीबार पहिलोपटक गृह जिल्ला झापा फर्किएकी हुन् ।

उनलाई विमानस्थलबाट बाजागाजासहित १७ किलोमटरसम्मको दूरीमा रहेको गृह नगर बिर्तामोड ल्याइएको थियो । पौडेललाई जिताउन जिल्लामा नगेन्द्र संग्रौलाको अध्यक्षतामा ‘कृपा जिताउ अभियान’ नै सञ्चालन गरिएको थियो ।

सो अभियानले बिर्तामोडस्थित झापा नाटक घरमा पनि आजै विशेष सम्मान गरिएको अभियानकी सदस्य तथा नारी सञ्चार गृह झापाकी अध्यक्ष भीमा शिवाकोटीले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer