२०८१ मंसिर १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बिएन्डसी अस्पतालले गरिदियो १५०० जनाको निःशुल्क स्वास्थ्य बीमा


बिर्तामोड, चैत ७ । पछिल्लो समय स्वास्थ्य सेवासँगै सामाजिक क्षेत्रमा पनि सेवा पुर्याउँदै आएको नेपालकै सुविधासम्पन्न तथा अत्याधुनिक बिएन्डसी अस्पतालले एक हजार पाँच सय विपन्नको बीमा गरिदिएको छ ।

आज एक भव्य कार्यक्रमका बीच अस्पतालले झापाको बाह्रदशी गाउँपालिकाका विपन्न परिवारका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो । अस्पतालका कार्यकारी निर्देशक तथा नेकपा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंले अस्पतालको तर्फबाट प्रतिपरिवार तीन हजार पाँच सय बीमा शुल्क तिरिदिने घोषणा गरेका छन् ।

आर्थिक अभावका कारण उपचारबाट कोही बञ्चित नहोस् भन्ने उद्देश्यले स्वास्थ्य बीमामा समाहित गराउने अभियान सुरु गरिएको कार्यकारी निर्देशक प्रसाईंको भनाइ छ । कार्यक्रममा बोल्दै उनले भने, ‘म दानवीर हैन। तर, म नेपाल आमाको छोरा भएकोले दुःख थोरै बाँडौँ भनेर म यहाँ आएको हुँ । शिक्षा र स्वास्थ्य जस्ता आधारभूत कुराबाट नागरिक बञ्चित हुनु हुँदैन भन्ने मेरो धारणा हो ।

उनले अहोरात्र नागरिकको सेवामा खटिरहेको बिएन्डसी अस्पतालले उपचारका लागि आएका नागरिकलाई हुनसक्ने सेवा सुविधामा सहुलियत गरिदिने बताए ।

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य वसन्त बानियाँले झापाको पछाडि परेको क्षेत्रमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम स्वस्थ्य नागरिक बनाउने यो महाअभियानको सुरुवात भएको जनाए ।

निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य क्षेत्रका लागि अस्पतालको महत्वाकांक्षी योजना रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्रकुमार यादवले बताए । ‘यसबाट पिछडिएका नागरिकलाई ठुलो राहत मिल्नेछ । अझ क्यान्सरका बिरामीको लागि यो पैसा ठुलो सहयोग हो’, उनले भने ।

पूर्वाञ्चल क्यान्सर अस्पतालले ४० वर्षमाथिका महिलाको पाठेघर र स्तन क्यान्सरको निःशुल्क स्क्रोनिङ गरिरहेको उनले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer