२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा उद्यमीलाई प्रशिक्षण दिइने


बिर्तामोड, चैत १६ । झापाको बिर्तामोडमा रहेको ड्रिम्स वर्ल्ड इन्टरटेन्टमेन्ट प्रालिको आयोजनामा तीन दिने ‘द ट्रेनिङ फर इन्टरपेनरसिपको आयोजना हुने भएको छ ।

युवाहरुको बढ्दो चासो उद्यमशीलता रहेको र सोही कुरालाई मध्यनजर गर्दै अझ त्यो विषयमा बृहत ज्ञान दिन र अवसरको ढोका खोल्ने उद्देश्यका साथ तालिम आयोजना हुन लागेको हो ।

तालिममा व्यवस्थापन संकायमा अध्ययन गर्ने, भविष्यमा उद्यमी बन्न चाहने अथवा जोकोही सो विषयमा जानकारी लिन इच्छुकहरुले सहभागिता जनाउन सक्ने छन् ।

तालिमलाई सहजीकरण गर्न सफल व्यवसायी तथा नायक सञ्जोक कोइराला, मोटिभेसनल स्पिकर रोहित मल्ल, सोसियल इन्टरपेनर प्रकृति मैनाली आउने आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा प्रबन्ध निर्देशक प्रणित पुडासैनीले जानकारी दिए ।

युवामाझ लोकप्रिय एवम् चर्चित ¥यापर तथा काठमाडौँबाट मेयरको उम्मदवारी घोषणा गरेका बालेन साहसँगको विशेष कार्यक्रम र चर्चित कमेडियन सुमन कार्कीको प्रस्तुति रहने छ । सेमिनारमा झापा तथा आसपासका जिल्लाका ५ सय युवालाई सहभागी गराउने लक्ष्य आयोजकले राखेको छ ।

सेमिनारको मुख्य उद्देश्य युवाहरुलाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने उत्प्रेरणा दिने, अहिलेको ट्रेन्डमा कस्ता व्यवसाय गर्दा राम्रो प्रतिफल आर्जन गर्न सकिन्छ भन्नेमा ज्ञान प्रदान गर्ने रहेको कार्यकारी निर्देशक सरोज खरेलले जानकारी दिए ।

साथै, स्टार्ट अप बिजनेस के हो र कसरी गर्न सकिन्छ, सेयर मार्केटको भविष्य कस्तो छ भन्ने विषयमा समेत सेमिनार केन्द्रित रहने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer