२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

सरकारद्वारा १० सामग्री आयातमा रोक


बिर्तामोड, बैशाख १४ । देशमा विदेशी मुद्रा सञ्चिति कम भएपछि सरकारले मंगलबारदेखि नेपालमा १० प्रकारका सामग्रीहरू आयात गर्न रोक लगाएको छ ।

प्रतिबन्धित सामानहरू यहाँका दूतावासहरूले भने आफ्नो उपभोगका लागि मात्र ल्याउन पाउने छन् ।

त्यस्तै, बैशाख १३ गतेभन्दा अगाडि नै बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भइसकेको अवस्थामा भने यो नियम लागु हुने छैन ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्म यी सामग्रीहरू आयात गर्न नपाइने जनाएको हो ।

सरकारले मंगलबारबाट आयात गर्न रोक लगाएका सामानहरूमा खानेकुरादेखि गाडीसम्म छन् । मंगलबार जारी सूचनाअनुसार अब असारसम्म कुरकुरे, लेज जस्ता स्न्याक्स खानेकुरा आयात गर्न पाइँदैन । त्यस्तै, कुनै पनि प्रकारका तयारी मदिरा पनि नेपाल ल्याउन पाइने छैन ।

हेर्नुहोस् सरकारले आयात रोकेका १० सामग्रीको सूचीः

१. कुरकुरे, लेज र यस्तै उत्पादनहरू
२. सबै प्रकारका तयारी मदिरा (कच्चा पदार्थबाहेक)
३. चुरोट तथा सूर्तिजन्य वस्तु (कच्चापदार्थ बाहेक)
४. हिरा (औद्योगिक कच्चा पदार्थबाहेक)

Adv block_7_1


५. छ सय अमेरिकी डलरभन्दा बढी मूल्य भएका मोबाइल सेट
६. बत्तीस इञ्चभन्दा माथिका रंगीन टेलिभिजन
७. जिप, कार र भ्यानहरू (एम्बुलेन्स र शववाहन बाहेक)
८. दुई सय पचास सिसीभन्दा धेरै क्षमताका मोटरसाइकल
९. सबै प्रकारका खेलौना
१०. खेल्ने तास

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer