२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

आचारसंहिता पालना गर्न पत्रकार महासंघ झापाको अपिल


बिर्तामोड, वैशाख १५ । नेपाल पत्रकार महासंघ झापा शाखाले आसन्न स्थानीय तह निर्वाचनमा पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिताको पालना गर्दै तटस्थ भूमिका निर्वाह गर्न सबै पत्रकारलाई आग्रह गरेको छ ।

आचारसंहिताको पालनाका लागि महासंघका सदस्य, सञ्चारकर्मी तथा सञ्चारमाध्यमहरु सबैमा अपिल गरेको हो । महासंघका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा बिहीबार बिर्तामोडमा सम्पन्न १३ औँ बैठकले आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा महासंघ तथा समग्र सञ्चार क्षेत्रले गर्नुपर्ने कार्य र जिम्मेवारीका बारेमा विभिन्न निर्णय गरेको छ ।

झापामा निर्वाचनका समयमा महासंघका सदस्यहरु, सञ्चारकर्मी तथा सञ्चारमाध्यमहरुको भूमिकाको अनुगमन गरी यथार्थ विवरण संकलन गर्न महासंघको आचारसंहिता अनुगमन समिति गठन भएको छ ।

समितिमा उपाध्यक्ष केशव भट्टराई संयोजक, सहसचिव अर्जुन राजवंशी तथा कार्यसमिति सदस्यहरु अच्युत सुवेदी, चिरञ्जिवी घिमिरे, सुनिरा मैनाली, स्वस्तिका आचार्य र विनोद पाण्डे सदस्य रहेका छन् ।

आचारसंहिता कार्यान्वयनको अवस्थाको नियमित अनुगमन गरी सो को प्रतिवेदन महासंघ झापाको कार्यसमिति र अनुशासन समितिलाई बुझाउन वैठकले अनुगमन समितिलाई निर्देश गरेको छ ।

साथै, नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठकले महासंघका कुनै पनि संरचनामा रहेका पदाधिकारी वा सदस्यहरु स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेमा संस्थाको विधानको मर्म र व्यवस्था अनुसार सोही समयदेखि कायम रहेको पदबाट स्वतः पदमुक्त हुन जाने भनी गरेको निर्णयको महासंघ झापा शाखाले स्वागत गर्दै उक्त निर्णय कार्यान्वयन गर्न अनुरोध गरेको छ ।

पत्रकार तथा सञ्चारमाध्यमलाई निर्वाचन आचारसंहिता २०७८ को प्रतिकुल काम नगर्न महासंघले आह्वान गरेको छ ।

निर्वाचन आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक म्यासेन्जर, ट्विटर, युट्युब र इन्स्टाग्राम जस्ता विद्युतीय माध्यमको प्रयोग गरी कुनै पनि सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा सेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने उल्लेख छ ।

Adv block_7_1

यो व्यवस्थाको पालना गर्दै सत्य, तथ्य, निष्पक्ष र तटस्थ सूचना सम्प्रेषण गर्ने पत्रकारको मूल दायित्वको हेक्का राखिदिन महासंघ सबैमा आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer