२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

हेमराज-इन्दिरा दम्पत्तीलाई विवेकाश्रमको सम्मान


बिर्तामोड, बैशाख २३ । सामाजिक एवम् धार्मिक व्यक्तित्व झापा चारपानेका हेमराज-इन्दिरा गिरी दम्पत्तीलाई सम्मान गरिएको छ ।

चारपानेका रहेको श्री विवेकाश्रम तथा श्री सांगवेद संस्कृत माध्यमिक विद्यालयले उनीहरुलाई विद्यालयको स्वर्ण महोत्सवको अवसर पारेर सम्मान गरेको हो ।

एक कार्यक्रमका बीच गिरी दम्पत्तीलाई आश्रम र विद्यालयको तर्फबाट संयुक्त सम्मानपत्र प्रदान गरिएको छ । गिरीका मातापिताले विद्यालय र आश्रमको निर्माण एवम् उन्नयनमा सहयोग पुर्याएबापत उनीहरुलाई सम्मान गरिएको हो ।

Adv block_7_1

गिरीका स्वार्गीय मातापिता मधुमाया र अम्बरबहादुर गिरीले भूमिदानबापत एक लाख ५०५ रुपैयाँ र आश्रमको अक्षयकोषमा दुई लाख एक हजार १६ रुपैयाँ दान गरेका थिए ।

आश्रमका तर्फबाट व्यासाचार्य किशोर गौतम, विद्यालयका तर्फबाट व्यवस्थापन समिति अध्यक्ष छन्दुराम भण्डारी र प्रधानाध्यापक दामोदर न्यौपानेले गिरी दम्पत्तीलाई सम्मान प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer