२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

प्रसाईंद्वारा साङ्लोमा बाँधेर राखिएका युवाको उद्धार


बिर्तामोड, बैशाख २६ । १० वर्षदेखि साङ्लोमा बाँधेर राखिएका एकजना युवालाई मेडिकल व्यवसायी दुर्गा प्रसाईंले उद्धार गरेका छन् ।

झापाको हल्दीबारी गाउँपालिका गोल्धापका २८ वर्षीय केशव बस्नेतको आइतबार निवासमै गएर प्रसाईंले उद्धार गरेका हुन् ।

अस्पतालका जनसम्पर्क तथा सूचना अधिकृत प्रमेस गिरीले उपचारको लागि खर्च नभएको कारण मनोबिरामी बस्नेतलाई परिवारले साङ्लोले बाँधेर राखेकोमा प्रसाईंले उद्धार गरी उपचार गरिएको बताए ।

मनोबिरामी बस्नेतको स्वास्थ्य परीक्षण गराई बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ । गिरीका अनुसार प्रसाईंले यसअघि पनि मानसिक अवस्था ठिक नभएका हल्दिबारीका २३ वर्षीय गंगाप्रसाद ढकालको निःशुल्क उपचार गरी सम्र्पूण जिम्मेवारी लिएका थिए ।

Adv block_7_1

उनले झापाका १० हजारभन्दा बढी मानिसलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिदिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer