२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

युगान्डाद्वारा नेपाललाई १०३ रनको लक्ष्य


बिर्तामोड, जेठ २ । नेपालले युगान्डासँगको पहिलो महिला टि२० आई खेलमा कसिलो बलिङ गरेको छ ।

पाहुना टोली युगान्डाले घरेलु टोली नेपाललाई जितका लागि १०३ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युगान्डाले २० ओभरमा ५ विकेट गुमाएर १०२ रन बनायो ।

Adv block_7_1

युगान्डाका लागि जनेट एमबाबाजीले सर्वाधिक २९ रन जोडिन । केभिन अविनोले १५ रन जोड्दा फ्रान्कलिन नाजुम्बाले १२ रन बनाइन् । रिता एनयागेन्गोले १८ रन बनाइन् ।

रिता मुसामालीले अविजित १३ जोड्दा लियोना बाबिरे शून्य रनमा आउट भइन् ।

नेपाललाई तीव्र गतिकी बलर कविता कुँवरले पहिलो ओभरमै सफलता दिलाएकी थिइन् । कविताको तेस्रो बलमा ओपनर लिओना बबेरीलाई शून्यमा बोल्ड आउट हुन पुगिन् । दोस्रो विकेटका लागि जेनेत म्बाबाजाई र केभिन एविनोले ४५ रनको साझेदारी गरेका थिए ।

१२ औँ ओभरको पहिलो बलमा इन्दु बर्माले जेनेतलाई २९ रनमा एलबीडब्ल्यु आउट गरिन् । ३८ बल खेलेकी उनले ३ चौका प्रहार गरिन् । अर्को ओभरको पहिलो बलमा रुविनाले एविनोलाई १५ रनमा इन्दु बर्माबाट क्याच गराइन् । उनले ३० बल खेलेकी थिइन् ।

Adv top

नेपालका कविता कुँवरले २ विकेट लिइन् । त्यस्तै, कप्तान रुबिना क्षेत्री, कविता जोशी र इन्दु बर्माले एकएक विकेट झारे ।

नेपाल आज युगान्डालाई हराएर सिरिजमा सुखद सुरुआतको योजनामा रहेको छ । युगान्डा पनि जितबाट सिरिजको सुरुआत गर्न चाहन्छ ।

पाँच खेलको सिरिजअन्तर्गत नेपाल र युगान्डाबीचको दोस्रो टी–ट्वान्टी मंगलबार र तेस्रो टी–ट्वान्टी जेठ ५ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer