२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

ट्वान्टी २० शृंखलाः युगान्डासँग नेपाल १२ रनले पराजित


बिर्तामोड, जेठ २ । ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा युगान्डा महिला टिमसँग नेपाली महिला टिम पराजित भएको छ ।

टियु क्रिकेट मैदानमा सोमबार नेपाल युगान्डासँग १२ रनले पराजित भएको हो ।

Adv block_7_1

जितको लागि १०३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९० रन बनायो । नेपाललाई जितको लागि अन्तिम १२ बलमा २६ रन चाहिँएको थियो ।

१९ औँ ओभरको पहिलो बलमै क्रिजमा जमेर बसेकी उपकप्तान इन्दु रन आउट भएपछि नेपालको जितको सम्भावना सकिएको थियो ।

इन्दु २८ बलमा १ चौकासहित सर्वाधिक १६ रनमा आउट भइन् । नेपालका कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । प्रमुख तीन ब्याटर रन आउट भएका थिए ।

पहिलो विकेटका लागि ओपनर ज्योति पाण्डे र विन्दु रावलले ४.२ ओभरमा २० रनको साझेदारी गरेका थिए । रावल २३ बलमा २ चौकासहित १२ रन र ज्योति ७ बलमा ६ रनमा आउट भए । दुबै ओपनर रन आउट हुन पुगेका थिए ।

कप्तान रुविना क्षेत्री बेलबासेलाई ११ औँ ओभरको चौथो बलमा सारा अकिटेङले ९ रनमा बोल्ड गरिन् । अर्को ओभरमा अप्सरी बेगम जेनेट म्बाबाजीले १ रनमा एलबीडब्ल्यु आउट गर्दा नेपाल ४४–४ को अवस्थामा पुगेको थियो ।

१३ औँ ओभरको दोस्रो बलमा अकिटेङले हिटर कविता जोशीलाई ४ रनमा क्याच गराएपछि नेपालको जित कठिन बनेको थियो । १७ औँ ओभरको पहिलो बलमा रोमा थापा ५ रनमा एलबीडब्ल्यु आउट भएपछि नेपाल ६१–६ को दयनीय अवस्थामा पुगेको थियो ।

Adv top

तल्लोक्रममा डली भट्ट ९ बलमा २ चौकासहित १३ रनमा बोल्ड भइन् । युगान्डाकी सारा अकिटेङले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिइन् । कोन्सी अवेकोले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिइन् । रिता मुसामाली र जेनेत म्बाबाजीले १(१ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०२ रन बनाएको थियो ।

Adv sidebar_1

युगान्डाकी जेनेत म्बाबाजीले ३८ बलमा ३ चौकासहित सर्वाधिक २९ रन बनाइन् । नेपाललाई तीव्र गतिकी बलर कविता कुँवरले पहिलो ओभरमै सफलता दिलाएकी थिइन् ।

कविताको तेस्रो बलमा ओपनर लिओना बबेरीलाई शून्यमा बोल्ड आउट हुन पुगिन् । दोस्रो विकेटका लागि जेनेत म्बाबाजाई र केभिन एविनोले ४५ रनको साझेदारी गरेका थिए ।

१२ औँ ओभरको पहिलो बलमा इन्दु बर्माले जेनेतलाई २९ रनमा एलबीडब्लू आउट गरिन् । ३८ बल खेलेकी उनले ३ चौका प्रहार गरिन् ।
अर्को ओभरको पहिलो बलमा रुविनाले एविनोलाई १५ रनमा इन्दु बर्माबाट क्याच गराइन् । उनले ३० बल खेलेकी थिइन् ।

रिता मुसामाली १७ बलमा १३ रनमा अविजित रहिन् । रिता न्यांगन्डोले १३ बलमा १ चौका र १ छक्कासहित १८ रनमा आउट भइन् । फ्रैंकलिन नज्जुम्बाले १८ बलमा १२ रन बनाइन् ।

नेपालकी कविता कुँवरले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिइन् । रुविना क्षेत्रीले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिइन् । कविता जोशी र इन्दु बर्माले १–१ विकेट लिइन् । नेपालले दोस्रो महिला टि२० आई खेल मंगलबार खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer