२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

नवौँ राष्ट्रिय खेलकुद सर्ने, दसैँअगाडि गर्ने तयारी


बिर्तामोड, जेठ ३ । प्रतियोगिता तयारी अभावका कारण नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सर्ने भएको छ । प्रतियोगिता गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरिएको थियो ।

Adv block_7_1

कोभिड १९ महामारीका कारण दुई वर्ष ढिलो भइसकेको नवौँ राष्ट्रिय खेलुकद जेठ २२ गतेदेखि २८ गतेसम्म पोखरामा हुने तय भइसकेको थियो । राखेप स्रोतका अनुसार नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता असोजको नयाँ मितिमा आयोजना गर्ने तयारी छ ।

तर, प्रतियोगिता सुरु हुन १९ दिन मात्रै बाँकी रहँदा कुनै पनि कमिटी बनिनसकेको र टेन्डर आह्वानका लागि आवश्यक ३५ दिनको समयसीमा पनि नपुग्ने भएकाले दसैँअगाडि सक्ने गरी नवौँ राष्ट्रिय खेलकुदको मिति तय गर्ने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ ।

नवौँ राष्ट्रिय खेलकुदका लागि यसअघि नै लोगो, मस्कट र नारासमेत सार्वजनिक भइसकेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ३८ खेलमा प्रतिस्पर्धा गराउनेसमेत तय गरिसकेको थियो ।

Adv top

मन्त्रिपरिषद्ले जेठ २२ देखि प्रतियोगिता आयोजना गर्ने बताए पनि आवश्यक तयारी अघि बढ्न सकेको थिएन । निकै छोटो समयको तयारीमा प्रतियोगिता गर्ने निर्णय सरकारले गरेको थियो ।

Adv sidebar_1

प्रत्येक दुई वर्षमा आयोजना हुने राष्ट्रिय प्रतियोगिताको नवौँ संस्करण २०७७ मा हुनुपर्ने हो । तर, कोभिड १९ को प्रभाव र सरकार परिर्वतनका कारण प्रतियोगिता समयमै हुन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer