२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

नेपाल टि२० लिग असोजमा हुने, खेलाडीलाई राखियो तीन ग्रेडमा


बिर्तामोड, जेठ ४ । नेपाल टि२० लिग यही असोज ८ गतेदेखि सुरु हुने भएको छ । टियु क्रिकेट मैदानमा हुने प्रतियोगिताको फाइनल कात्तिक ५ गते हुनेछ ।

Adv block_7_1

पहिलो वर्ष ६ टोली मात्र सहभागी हुने प्रतियोगिता होम तथा अवेका रुपमा गरी डबल राउन्ड रोबिनको आधारमा हुने क्यानले जनाएको छ । ६ सहरको नाममा फ्रेन्चाइज टोलीको नाममा रहनेछ ।

यसैबीच, लिगमा ए ग्रेडमा रहने खेलाडीले न्यूनतम १५ लाख रुपैयाँ पाउने छन् । क्यानले खेलाडीलाई तीन ग्रेडमा राख्ने जनाएको छ । ए ग्रेडमा रहने खेलाडीले न्यूनतम १५ लाख रुपैयाँ पाउने क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए ।

उनका अनुसार ए ग्रेडमा रहेका खेलाडीले १५ लाख, बी ग्रेडमा रहने खेलाडीले १० लाख र सी ग्रेडमा रहने खेलाडीले ५ लाख रुपैयाँ न्यूनतम पाउने छन् । त्यस्तै, आगमी सिजनदेखि टोली संख्या बढाउँदै जाने मल्लले जानकारी दिए ।

Adv top

पाँचौँ संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) आगमी कात्तिक २६ देखि मंसिर १० (नोभेमबर १२ देखि २६) सम्म आयोजना हुने आयोजकले जनाएको छ । तर, क्यानले इपिएललाई मिति नदिएको जनाएको छ । इपिएल अहिलेको शैलीमा हुन नसक्ने क्यानले प्रस्ट पारेको छ ।

Adv sidebar_1

भारतीय कम्पिनी सेभेन थ्रि स्पोट्र्स नेपाल टि२० लिगको रणनीतिक र कमर्सियल साझेदारीको रुपमा रहनेछ । क्यानले नेपाल टि२० आयोजना गर्न यसअसघि नै सेभेन थ्रि स्पोट्र्ससँग ८ वर्षको लागि ३३ करोडको बेचिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer