२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

तेस्रो हारसँगै नेपालले दुई खेल अगावै सिरिज गुमायो


बिर्तामोड, जेठ ५ । तेस्रो महिला टि२० आई खेलमा नेपालले युगान्डासँग ६ विकेटको हार बेहोरेको छ । योसँगै घरेलु टोली नेपालले दुई खेल अगावै पाँच महिला टि२० आई सिरिज ३–० ले गुमाएको छ ।

Adv block_7_1

जितको लागि १ सय रनको मध्यम विजयी लक्ष्य पछ्याएको युगान्डाले १८.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । युगान्डाकी ओपनर तथा विकेटकिपर केभिन एविनो ५१ बलमा ४ चौकासहित ४२ रनमा अविजित रहिन् । जेनेत म्बावाजी ३९ बलमा १ चौका र १ छक्कासहित २७ रनमा आउट भइन् ।

तीव्र गतिकी बलर कविता कुँवरले तेस्रो ओभरको पहिलो बलमा ओपनर लियोना बबिरेलाई ५ रनमा ज्योति पाण्डेबाट क्याच गराइन् । तर, दोस्रो विकेटका लागि म्बावाजी र एविनोले ६७ रनको साझेदारी गर्दै सहज जित पक्का गराए । जेनेतलाई इन्दु बर्माले बोल्ड गरेकी थिइन् ।

नेपालकी कविता कुँवरले ३ ओभरमा २२ रन खर्चेर २ विकेट लिइन् । इन्दु बर्मा र रुविना क्षेत्री बेलबासेले १–१ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९९ रन बनाएको थियो । नेपालकी ओपनर ज्योति पाण्डे ५४ बलमा ५ चौकासहित ४७ रनमा बोल्ड भइन् ।

Adv top

ज्योति फिओना कुलुमेको १९ औं ओभरको चौथो बलमा बोल्ड भएपछि घरेलु मैदानमा अर्धशतक प्रहार गर्ने पहिलो महिला खेलाडी बन्नबाट तीन रनले चुकेकी थिइन् ।

ओपनर विन्दु रावललाई दोस्रो ओभरको तेस्रो बलमा फिओना कुलुमेले ४ रनमा बोल्ड गरिन् । सीता रानामगर जेनेत म्बावाजीको बलमा कुलुमेबाट १२ रनमा क्याच भइन् । २५ बल खेलेकी सीताले १ चौका प्रहार गरिन् ।

Adv sidebar_1

इन्दु बर्मालाई सारा अकिटेंगले १ रनमा एलबीडब्ल्यु आउट गरिन् । रिता मुसामालीको बलमा सरिता मगर शून्यमा क्याच भइन् । रोमा थापा र डली भट्ट ३–३ रनमा आउट भए । कप्तान रुविना क्षेत्री बेलबासे १५ बलमा २ चौकासहित १८ रनमा अविजित रहिन् ।

फिओना कुलुमेले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिइन् । कोन्सी एविकोले ४ ओभरमा रन खर्चेर विकेट लिइन् । सारा अकिटेंगले ४ ओभरमा १ मेडनसहित १६ रन खर्चेर २ विकेट लिइन् ।

नेपाल पहिलो खेलमा १२ रन र दोस्रो खेलमा १ विकेटले पराजित भएको थियो । नेपालले चौथो खेल शुक्रबार र पाँचौँ खेल शनिबार खेल्नेछ ।

-हाम्रो खेलकुदबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer