२०८१ बैशाख २६ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

राजगढमा गाउँले परिवेशमा सहरिया सुविधाः कन्ट्री ओयसिस रिसोर्ट


बिर्तामोड, जेठ ९ । आन्तरिक पर्यटनप्रति अति नै ‘प्यासन’ भएर झापा बाह्रदशीका मनोहर सुवेदी आफ्नै गाउँ फर्किए । २१ वर्ष शिक्षण गरेर पछिल्लो समय ‘ट्रेकिङ एन्ड टुर’ मा केन्द्रित भएका उनले पूर्वी नेपाललाई लक्षित गर्दै बाह्रदशी–५ मा रिसोर्ट पनि सञ्चालनमा ल्याएका छन् ।

Adv block_7_1

दार्जिलिङमा हुर्किएर उतै पढेर काठमाडौँमा जागिरे बनेका उनी गाउँ फर्किएको दुई वर्ष भयो । अनि आफ्नै जग्गामा कन्ट्री ओयसिस ट्रेकिङ एजेन्सी एन्ड भिलेज रिसोर्ट सञ्चालनमा ल्याएका छन् ।

सात कठ्ठा जग्गामा एक करोड ५० लाख रुपैयाँको लगानीमा सञ्चालनमा ल्याइएको रिसोर्ट शान्त र सुन्दर त छँदै छ, परिकारहरु पनि स्थानीयलाई प्राथमिकता दिइएको छ ।

सुवेदीले गाउँमै रिसोर्ट खोल्नुको कारणचाहिँ पूर्व घुम्न आएका पर्यटकलाई सहरको भीड र होहल्लामा बास बसाउनुभन्दा एकान्त र रमणीय ठाउँमा रात बिताउनका लागि हो ।

Adv top

उनको ‘फोकस’ भनेको सन्दकपुर हो । ‘नेपालको बाटो सुन्दर छ’, उनी भन्छन्, ‘भारततर्फ छैन ।’ एक रात भए पनि गाउँमा पर्यटक बसे भने समुदायलाई नै फाइदा पुग्ने उनी बताउँछन् ।

Adv sidebar_1

‘झापाका पौराणिक स्थलहरु छायाँमा परिरहेका छन्’, ती हाम्रा सम्पत्ति हुन्, उनी भन्छन्, ‘विदेशी र स्वदेशी पर्यटकलाई देखाउन सकियो भने देशलाई फाइदा हुन्छ ।’

गाउँले परिवेशमा सहरिया सुविधासहितको उनको रिसोर्टमा अर्गानिक र स्वच्छ खानेकुरालाई विशेष प्राथमिकता दिइएको छ । शान्त वातावरणमा एसीसहितको कोठा निर्माण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer