२०८१ बैशाख ६ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

सी डिभिजन लिगः आरसी ३२ लाई हराउँदै झापा शीर्ष स्थानमा


बिर्तामोड, जेठ ९ । पेमा तामाङ र विशाल खवासको गोलमा झापा फुटबल क्लब सहिद स्मारक सी डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

Adv block_7_1

सोमबार भएको तेस्रो खेलमा झापाले आरसी ३२ एकेडेमीलाई २–१ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । ललितपुरको सातदोबाटोस्थित एन्फाको खेल मैदानमा भएको रोमाञ्चक खेलमा आरसी ३२ हराएको थियो ।

झापाको जितका लागि तामाङ र खवासले एकएक गोल गरे । त्यस्तै, आरसी ३२ का धनसिंह विकले एक गोल फर्काए । प्रतियोगिताको म्यान अफ द म्याच झापाका सञ्जय गुरुङ भए ।

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको १९ औँ मिनटमा पेमाले गोल गर्दै झापालाई पहिलो अग्रता दिलाएका थिए । खेलको ५८ औँ मिनटमा धनसिंहले गोल गर्दै आरसी ३२ लाई खेलमा फर्काएका थिए ।

Adv top

तर, खेलको ७९ औँ मिनटमा विशालले गोल गरेपछि झापा २–१ ले विजयी भयो । जितसँगै शीर्ष स्थानमा उक्लिएको झापाले ९ खेलबाट २५ अंक जोडेको छ ।

Adv sidebar_1

पराजित आरसी ३२ समान खेलबाट २२ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । जारी लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

लिगको समाप्तिपछि शीर्ष स्थानमा रहने दुई दोली बी डिभिजन लिगमा बढुवा हुँदा पुछारका दुई टोली रेलिगेसनमा पर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer