२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

प्रसाईंले दिए वडा कार्यालयलाई एक करोडबराबरको जग्गा


बिर्तामोड, जेठ ११ । सामाजिक व्यक्तित्व तथा व्यवसायी झापा देवीबस्तीका विवेक प्रसाईंले वडा कार्यालय भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गरेका छन् ।

Adv block_7_1

आज झापाको बिर्तामोड वडा नम्बर ५ को कार्यालयमा आयोजना गरिएको नवनिर्वाचित जनप्रतिनिधिको पदभार ग्रहण कार्यक्रममा प्रसाईंले जग्गा दान गर्ने घोषणा गरेका हुन् ।

प्रसाईंले छोरी अपेक्षा प्रसाईंको नाममा रहेको एक कठ्ठा जग्गा वडा कार्यालयलाई पास गर्ने बताए । हाल सो जग्गाको बजार मूल्य एक करोड रुपैयाँ रहेको जनाइएको छ ।

कार्यक्रममा प्रसाईंले आफ्नै निजी भवन नहुँदा वडालाई कार्यसम्पादनमा कठिनाइ भइरहेको महसुस भएकाले आफूले जग्गा प्रदान गरेको बताए । प्रसाईं राजनीतिज्ञ तथा चिन्तक सिके प्रसाईं र गिरिराजकुमारी प्रसाईंका छोरा हुन् ।

Adv sidebar_1

उनले आफ्नो वडा तथा नगरको विकासमा नागरिकको पनि दायित्व रहेकाले जग्गा दिइएको बताए । प्रसाईंले प्रदान गरेको जग्गा बिर्तामोड ५ स्थित धर्मकाँटारोडको उत्तर माता मन्दिर जाने बाटोमा पर्छ ।

Adv top

कार्यक्रममा नवनिर्वाचित वडा अध्यक्ष रोहित प्रसाईं लगायत वडा सदस्यहरुले आजैबाट पदभार ग्रहण गरेका थिए । उनीहरुलाई विभिन्न संघसंस्था, राजनीतिक दल तथा टोल विकास संस्थाहरुले शुभकामना दिएका थिए ।

यसैबीच, कार्यालय प्रवेश गर्नुअघि वडा अध्यक्ष प्रसाईंले अपांगता भएका दुईजनालाई ह्विल चियर प्रदान गरेका छन् । वडा कार्यालयले उनीहरुलाई एकएक थान ह्विल चियर प्रदान गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer