२०८१ बैशाख ६ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

यामाहा एफजेड एक्सको बिर्तामोडमा बिक्री सुरु


बिर्तामोड, जेठ १८ । जापानी टु ह्विलर निर्माता कम्पनी यामाहाले नेपाली बजारमा एफजेड एक्स १५० मोटरसाइकलको बिक्री सुरु गरेको छ ।

नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यु इन्टरप्राइजेजले बुधबारबाट बिर्तामोडमा बिक्री सुरु गरेको छ ।

Adv block_7_1

आज एक कार्यक्रमका बीच नेपालको बिर्तामोडस्थित आधिकारिक बिक्रेता सयपत्री ट्रेड लिंकले बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको प्रमुख आतिथ्यमा सो मोटरसाइकल सार्वजनिक गरेको हो ।

शिवाकोटीसँगै नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, सयपत्री ट्रेड लिंकका सञ्चालक विनोद बस्नेत र एमएडब्ल्युका एरिया सेल्स मेनेजर अस्मिन बुढाथोकीले सो मोटरसाइकल सार्वजनिक गरेका थिए ।

कम्पनीका अनुसार एफ जेड एक्स १५० यामाहाको पहिलो ‘नियो रेट्रो’ बाइक हो, जुन एलसिडी मिटर र ब्लुटुथ कनेक्टिभिटी जस्ता स्मार्ट सुविधाहरू र क्लासिक डिजाइन सम्मिलित गरी तयार पारिएको छ ।

‘राइड फ्रि’ अवधारणाका साथ तयार पारिएको यस मोटरसाइकल विशेषगरी स्वतन्त्र, सहज र आरामदायक यात्रा गर्न रुचाउने बाइकप्रेमीलाई लक्षित गरी तयार पारिएको कम्पनीले बताएको छ ।

Adv sidebar_1

यामाहाका अन्य मोटरसाइकलहरूभन्दा अलि फरक प्रयोजनका निम्ति तयार पारिएको यस मोटरसाइकलको हरेक ‘डिटेल’ चालकलाई विशेष ध्यानमा राखी तयार पारिएको कम्पनीको दाबी छ ।

उत्कृष्ट कौशलकारिताका साथ तयार पारिएको ‘टु–लेभल सिट’, बलियो ‘ब्लक प्याट्रन टायर’, ‘फ्रन्ट फोर्क बुट’ का साथ स्थिर टेलिस्कोपिक सस्पेन्सन र ब्लुटुथ कनेक्टिभिटी जस्ता विशेषताले यस बाइकलाई बलियो, आकर्षक र स्मार्ट बनाएको सयपत्री ट्रेड लिंकका सञ्चालक विनोद बस्नेतले बताए ।

Adv top

साथै, डिआरएलका साथ बाइ फङ्सनल एलइडी हेडलाइट र ओभल सेपको एलइडी रिङ टेललाइटले बाइकको भिज्युअललाई थप आकर्षण प्रदान गरेको बस्नेतले जानकारी दिए ।

एफजेड एक्स १५० को मूल्य चार लाख २६ हजार ९०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

यसैबीच, कम्पनीले आफ्नो नयाँ स्किम ‘रोड टु मोटो जिपी’ पनि सार्वजनिक गरेको छ ।

‘रोड टु मोटो जिपी’ अन्तर्गत यामाहा बाइक खरिदकर्ताहरूमध्ये चारजनाले यामाहा प्याडकबाट च्याङ अन्तर्राष्ट्रिय सर्किट, थाइल्यान्डको प्रत्यक्ष मोटो जिपी प्रसारण हेर्न पाउनेछन् ।

यो स्किम आजबाट यामाहाका जुनसुकै बाइक र स्कुटरको खरिदमा लागु हुने कम्पनीले जनाएको छ ।

यामाहा स्टाइलिस मोटरसाइकलको लागि परिचित ब्रान्ड हो । जापानी उत्पादकले भारतमा उत्पादन गरेको यो नयाँ मोटरसाइकलको टिभी विज्ञापन सुटिङको क्रममा तस्बिर बाहिर आएसँगै यसमा रहेका फिचरहरुको विवरण पनि बाहिर आउन सुरु भएको हो । यस्तोमा यामाहाको नयाँ मोडल नेपालमा पनि निकै चर्चामा रहेको कम्पनीको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer