२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

विराट अर्जुनले सुरु गर्यो डिस्पोजेवल सामग्रीको थोक बिक्री


बिर्तामोड, असार १० । नयाँ भवनमा सरेसँगै बिर्तामोडको विराट अर्जुन उपभोक्ता सहकारी संंस्था लिमिटेडले उपभोक्ता सहकारी पसललाई थप व्यवस्थित गरेर सञ्चालनमा ल्याएको छ ।

Adv block_7_1

संस्थाले डिस्पोजेवल तथा सरसफाइका सामग्रीको थोक व्यापार पनि सुरु गरेको छ । पुरानो भद्रपुर रोडको आदर्श व्यांक्वेट नजिक पसल राखेर सहकारीले होलसेल व्यापार सुरु गरेको अध्यक्ष नविन खरेलले जानकारी दिए ।

सदस्यसहित आम उपभोक्ताको आवश्यकतालाई मध्यनजर गर्दै डिस्पोजेवल सामग्रीको व्यावसायिक कारोबार सुरु गरिएको अध्यक्ष खरेलले बताए । उनले पसलबाट खरिदकर्ताले थोक मूल्यमा सम्पूर्ण सामग्री पाउने छन् ।

बिर्तामोडलाई कार्यक्षेत्र बनाएर काम गरिरहेको संस्थाले बचत तथा ऋणको कारोबारमा मात्र केन्द्रित नरहेर व्यावसायिक क्षेत्रमा पनि अगाडि बढ्ने अठोटका साथ थोक पसल सुरु गरेको हो ।

२६ जना शेयर सदस्यको १२ लाख हाराहारी शेयर पुँजीबाट १२ वर्षअघि स्थापना भएको संस्थामा हाल २ हजार १ सयभन्दा बढी सदस्य रहेका छन् । संस्थाको हाल १ करोड २० लाख शेयर पुँजी रहेको छ भने वासलात ५ करोड रहेको संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer