२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप झापामा हुने


बिर्तामोड, असार १५ । ७१ औँ मदन भण्डारी जयन्तीका अवसरमा झापामा ‘चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप’ हुने भएको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको राष्ट्रव्यापी प्रतियोगिता अन्तर्गत आयोजना हुने उक्त प्रतियोगिता नेपाल रिङ रेस्लिङ संघको संयोजनमा यही असार १८ गते शनिबार हुने भएको हो ।

Adv block_7_1

प्रतियोगिताको तयारी सुरु गरिएको जानकारी दिँदै संघकी महासचिव सुवर्ण श्रेष्ठले प्रतियोगितामा विभिन्न पाँचवटा विधामा खेलाडीलाई पुरस्कृत गरिने बताइन् ।

झापाको केरखास्थित सहिद धर्मभक्त माविमा हुने प्रतियोगितामा हेभिवेट च्याम्पियनले नगद १ लाख २५ हजार, हार्डकोरको विजेताले नगद १ लाख, मिडिल वेटतर्फको विजेताले नगद ९५ हजार, लाइट वेट च्याम्पियनले नगद ६० हजार, ट्याग टिम विजेताले नगद ७५ हजार र महिलातर्फको च्याम्पियनले नगद ७० हजार प्राप्त गर्ने महासचिव श्रेष्ठले जानकारी दिइन् ।

प्रतियोगितामा नुवाकोटे टाइगर, प्रथम हेरिटेज च्याम्पियन डेभिड, चट्टान, साइन, योङ स्याडी, टुप्पी ग्याङे, जोन, सिजे वल्ड, बाका, तन्नु, आकृति, स्पाइडरम्यान, किङ रोवर्टलगायतका नेपालका प्रख्यात रेस्लरहरुको भिडन्त हुनेछ ।

नेपालमा लामो समयदेखि रिङ रेस्लिङ खेलको विकास एवम प्रवर्द्धनमा लागि परेको संघले यो प्रतियोगिताबाट नयाँ खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने महासचिव श्रेष्ठको भनाई छ ।

Adv sidebar_1

“विश्वमा नै आकर्षणको रुपमा रहेको यो खेलको नेपालमा विकास सँगै व्यावसायिक खेलाडी उत्पादनमा संघले भूमिका खेलेको छ”, उनले भनिन्, “यो प्रतियोगिता समेत त्यसतर्फ उन्मुख छ ।”

उनले झापामा हुने यो खेललाई अवलोकन गर्न खेलप्रेमीहरु सो स्थान पुग्ने र अन्य जिल्लामा जस्तै यहाँ पनि उत्तिकै माया पाउने विश्वास व्यक्त गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer