२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

कोइलाको प्रदर्शन असार १७ मा


बिर्तामोड, असार १५ । सामाजिक कथावस्तुमा आधारित नेपाली कथानक लघु चलचित्र ‘कोइला’ को निर्माण कार्य सम्पन्न भएको छ ।

Adv block_7_1

युनिक मिडिया हाउसको ब्यानरमा तयार भएको लघु चलचित्र ‘कोइला’ मा कलाकार बन्ने सपना लिएर गाउँदेखि सहर पसेको र उसले गरेको संघर्षको कथालाई मुख्य विषयवस्तु बनाइएको छ ।

राज शेर्माको लेखन तथा निर्देशन रहेको ‘कोइला’ मा मिस झापा २०२१ कि फर्स्ट रनरअप सविना बस्नेत साथै आदर्श लिम्बू, राजन निरौलाको भूमिका रहेको छ ।

साथै, परिवारबाट एक्लिएको एक व्यक्तिको जीवन व्यथा पनि यस लघु चलचित्रमा समेटिएको निर्देशक राज शेर्मा बताउँछन् । उनका अनुसार रात सबैको भाग्यमा हुन्छ तर निद्रा नहुन सक्छ, कतिपय अवस्थामा राम्रो कलाकारहरु सही ठाउँ नपाएर बिलाएर गएका छन् भन्ने तितो यथार्थलाई चित्रण गर्न खोजिएको छ ।

नगेन धिमालले छायांकन गरेको लघु चलचित्र ‘कोइला’ झापाको बिर्तामोडका विभिन्न स्थान समेटिएको छ ।

Adv sidebar_1

यही असार १७ गते लघु चलचित्र कोइला को प्रदर्शन गरिने निर्देशक शेर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer