२०८१ पुष ७ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

दुर्गा प्रसाईंको पहल र खर्चमा दुबईबाट १६ जनाको शव आउँदै


बिर्तामोड, असार ३१ । बिएन्डसी अस्पतालका सञ्चालक तथा उद्यमी दुर्गा प्रसाईंले संयुक्त अरब इमिरेट्स (युएई) मा मृत्यु भई नेपाल ल्याउन नसकेका १६ नेपालीको शव ल्याउने भएका छन् ।

Adv sidebar_3

उनले पत्रकार सम्मेलनमार्फत आफ्नै खर्चमा १६ जनाको शव नेपाल ल्याउन लागेको जनाएका हुन् । उद्यमी प्रसाईंले यो घोषणा आफ्नो फेसबुक पेजमा समेत गरिसकेका छन् ।

१६ जनाको शव ल्याउनका लागि दुबईका अध्यक्ष शेख महम्मद जायद अल नायनसँग कुरा गरेको र दुबईस्थित विभिन्न नेपाली संघसंस्थासँग समन्वय गरिसकेको उनले बताए ।

प्रतिशव ४ लाख नेपाली रुपैयाँ आफैँ खर्च गरेर ल्याउने उनले बताएका हुन् । आफ्नो उद्यमबाट प्राप्त आम्दानीको केही प्रतिशत सामाजिक उत्तरदायित्वमा सेवा गर्ने क्रममा यो पहल गर्न लागेको उनले बताए ।

प्रसाईं एक साताअघि दुबईका राजकुमारलाई भेट्न र दुबईमा मेडिकल कलेज खोल्ने उद्देश्यका लागि पुगेका थिए ।

सोही क्रममा विभिन्न आरोपमा दुबईका जेलमा परेका २ सय जना नेपालीको अभियोगमाथि छानबिन गरी जेलमुक्त गर्ने पहल गरिरहेको समेत उनले जनाए । यसका लागि पनि दुबईका अध्यक्ष नायनसँग समन्वय भएको र निर्दोष ठहरिएकालाई माफी दिलाउन छलफल भइसकेको उनले जानकारी दिए ।

Adv block_7_1

‘जेलमा धेरैजना निर्दोष नेपाली अनेक आरोपमा फसेर थुनामा रहेको दुवई भ्रमणको क्रममा जानकारी पाएँ, त्यसपछि पहल सुरु गरेको हुँ,’ उनले भने । प्रसाईंको फेसबुक पेजमा सूचना देखेपछि आफू खुसी भएको दुबईको जेलमा परेका सिन्धुपाल्चोक बाह्रबिसेका धीरन श्रेष्ठका भाइ राजन श्रेष्ठले बताए ।

Adv sidebar_1

उनले पत्रकारसमक्ष भने, ‘मेरो दाइ निर्दोष छ र जेलमा परेको छ, ५ वर्षदेखि कसैको सम्पर्कबिना जेलमा जीवन बिताइरहेको छ,’ उनले भने ।

पटकपटक परिवारबाट उद्धारका लागि गुनासो आए पनि दुबईस्थित राजदूतावासले उचित पहल नगरेकाले दुबईमा रहेका नेपाली लामो समयदेखि जेलमा बस्नु परेको र शवको उद्धार हुन नसेकेको प्रसाईंको आरोप छ ।
‘शव उद्धारका लागि सांस्कृतिक कार्यक्रम गरेर रकम संकलन गर्नु भनेको कति हाँस्यास्पद कुरा? कोही होटेलमा नाचेर शवको उद्धार गर्नु कति उचित ?’, उनले प्रतिप्रश्न गरे ।

प्रसाईंले करिब तीन साताअघि दुबईबाट आएका राजकुमार राजाकै साक्खे छोरा नभएर राजपरिवारको व्यक्ति भएको खुलासा गरे । ‘खास राजकुमार अबको भ्रमणमा आउने कार्यक्रम छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer