२०८१ पुष ७ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

स्वास्थ्य बीमालाई निरन्तरता दिन माग राख्दै बिर्तामोडमा दबाबमुलक आन्दोलन हुने


बिर्तामोड, साउन २ । सरकारले निजी अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने भएपछि झापाको बिर्तामोडका युवाले कार्यक्रम लागु गर्नुपर्ने माग राख्दै विरोध प्रदर्शन गर्ने भएका छन् ।

Adv sidebar_3

निजी अस्पताललाई सरकारले स्वास्थ्य बीमाबापतको करोडौँ रकम भुक्तानी नदिएपछि सेवा लिइरहेका सर्वसाधारणमा असर परेको भन्दै उनीहरुले दबाबस्वरुप आन्दोलन गर्ने भएका हुन् ।

बिर्तामोडका युवाहरुले सोमबार (आज) पत्रकार भेटघाट गर्दै युवा मोर्चा झापा गठन गरी स्वास्थ्य बीमाको रकम निजी अस्पताललाई भुक्तानीका लागि शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने भएका हुन् ।

उनीहरुले आज जिल्ला प्रशासन कार्यालय झापामार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने र भोलि (मंगलबार) बिर्तामोडमा शान्तिपूर्ण विरोध र्याली गर्ने जानकारी दिएका छन् ।

उनीहरुका अनुसार मंगलबार बिर्तामोडको मुक्तिचोकमा भेला भएर पाँच सयभन्दा बढी युवाहरुको समूहले मुक्तिचोकदेखि बिर्ताबजारसम्म शान्तिपूर्ण र्याली प्रदर्शन गर्नेछन् ।

Adv block_7_1

यस अभियानलाई देशव्यापी बनाउने उद्देश्य रहेको पत्रकार भेटघाटमा उपस्थित युवाहरु मध्येका नितेश डाँगीले बताएका छन् । मानिसको स्वास्थ्य जस्तो संवेदनशील विषयमा सरकारले खेलबाड गरेको उनीहरुको भनाइ छ ।

प्रदेश नम्बर १ का तीनवटा ठुला अस्पतालले आजदेखि स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेका छन् । स्वास्थ्य बीमा सुविधा बन्द हुँदा उपचारमा आउने हजारौँ बिरामी समस्यामा परेका छन् ।

बीमा सुविधाबापतको उपचार सेवा बन्द हुँदा दैनिक १५ सय बिरामी प्रभावित भएको बिएन्डसी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए । उनका अनुसार स्वास्थ्य बीमाबापतको नोबेलको ५५ करोड, विराटको ४६ करोड र बिएन्डसी अस्पतालको ४४ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ ।

भुक्तानीका लागि पटक–पटक माग गर्दा पनि सुनुवाइ नभएपछि बीमा सेवा बन्द गरिएको अस्पतालहरुले जनाएका छन् । महिनौँसम्म उपचारको ठुलो रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समेत असर परेको भन्दै अस्पतालहरुले स्वास्थ्य बीमा सेवा बन्द गरेका हुन् ।

बीमा बोर्ड र सरकारसँग अहिलेसम्मको बक्यौता उठाएपछि दोस्रो चरणमा बीमा कार्यक्रमलाई निरन्तरता दिने नदिने छलफल हुने अस्पतालहरुको भनाइ छ । पत्रकार भेटघाटमा बिर्तामोडका युवाहरु माधवकुमार झा, नितेश डाँगी, विक्रम सुब्बा, विजय चौधरीलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer