२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

गर्मी छल्ने नयाँ गन्तव्य : बुद्धशान्तिको गौँडा


बिर्तामोड, साउन ८ । तराईमा अत्यधिक गर्मी हुन थालेपछि पूर्वी नेपालका स्थानीयहरु चिसो खोज्दै कन्याम र भेडेटार उक्लिन्छन् ।

तर, योपालिको गर्मीमा तराईबासीहरु कुहिरो र तुषारोसँग होइन चिसो र कञ्चन पानीसँग गर्मी पखाल्दै छन् ।

Adv sidebar_3

केही वर्षअघि सम्म खासै चर्चामा नरहेको झापाको नयाँ गन्तव्यको रुपमा परिचय बनाउँदै गएको बुद्धशान्ति–६ गौँडाको जोरसाँघुमा र जरेवरमा नुहाउनेको भीड अधिक हुन थालेको छ ।

चुरेको फेदीमा डुबुल्की मार्न बिर्तामोड, मेचीनगर, भद्रपुर, अर्जुनधारा क्षेत्रबाट दैनिक सयको संख्यामा युवा तथा किशोरकिशोरीहरु जाने गरेका छन् ।

अन्य बारभन्दा बिदाको दिन र शनिबार त्यहाँ गर्मी बिर्साउन जानेको घुइँचो लाग्ने गरेको बुद्धशान्ति गाउँकार्यपालिका सदस्य दिनेश लेप्चाले बताए ।

Adv block_7_1

अन्तरिक पर्यटकको नयाँ गन्तव्य बने पनि नुहाउन जानेहरु असभ्य बन्दै गएकोमा स्थानीयहरु चिन्तित छन् ।

गौँडामा नुहाउँदै बियर खाएपछि केही उच्छृंखल युवाले खालैमा बोत्तल मिल्काइदिने गरेकाले समस्या हुन थालेको छ ।

साउन ७ को शनिबार त्यहाँ नुहाउन जाने ११ जनाको खुट्टामा फुटेको सिसाको कारण चोट लाग्यो ।

खोलभित्र सिसा मात्र होइन पेय र खाद्य पदार्थका प्लाष्टिकका खोलहरु समेत फ्याल्ने गरिएकाले स्थानीय क्लबहरुले शनिबार त्यहाँ सरसफाइ र सचेतना कार्यक्रम नै गर्नु पर्यो ।

स्थानीय वाइएफसी क्लब र राष्ट्रिय युवासंघले टिमाई, ठोट्ने र भालुखोलामा सरसफाइ गरे । क्लबले सरसफाइसँगै आगन्तुकलाई सचेतना दिने ब्यानर समेत राखेको क्लबका सदस्य साहिल बस्नेतले बताए ।

खोला र किनारमा फालिएका बोत्तल, प्लास्टिक, गुट्खा, चाउचाउ र साबुनका खोल भेला पारेर क्लबका सदस्यहरुले एकठाउँ जम्मा गरेका छन् ।

युवाहरूलाई पर्यटकीय क्षेत्रको महत्व बुझाउन सके यस्ता क्षेत्रको संरक्षणमा टेवा पुग्ने युवासंघ बुद्धशान्तिका अध्यक्ष पवन खतिवडाले बताए ।

त्यस्तै, घाँटीको सिक्री तथा औँठी खोलाको वेग पानीले बगाएर हराउन थालेको छ । खोलामा नुहाउन पस्दा शरीरमा भएका गरगहना खोलेर मात्र जान स्थानीयको सुझाव छ ।

कसरी पुग्ने गौँडा ?

झापाको बिर्तामोडबाट चारआली, बुधबारे हापेनचोकबाट पूर्व टिमाई बेसक्याम्प हुँदै तीनकुने चोकबाट उत्तर कच्ची बाटो उकालो लागेपछि ठुटेवर भएर गौँडा पुगिन्छ ।

त्यस्तै, धुलाबारीबाट उत्तर टिमाई बेसक्याम्प हुँदै तीनकुने चोकबाट उत्तर कच्ची बाटो उकालो लागेपछि ठुटेवर भएर गौँडा पुगिन्छ ।

तीनकुने पुगेपछि बाटो निर्माणीधन रहेकाले मोटरसाइकल वा स्कुटर मात्र जानसक्छ । तर, जिप तथा कार लिएर जाने हो भने गढीगाउँ विद्यालयबाट थोरै माथि पुगेर पश्चिमपट्टिको बाटो हुँदै ठुटेवर भएर गौँडा पुग्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer