२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

युनिकमको नेतृत्व विकास तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न


बिर्तामोड, साउन १७ । नेपाल व्यापार कर्मचारी संघ (युनिकम) नेपालले सदस्यको नेतृत्व विकासका लागि आयोजना गरेको तीन दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ ।

Adv sidebar_3

देशभरिबाट प्रतिनिधित्व गरेका युनिकम नेपालका नेतृत्वलाई इलामको सूर्योदय नगरपालिकास्थित कन्याममा क्षमता अभिबृद्धि सम्बन्धी प्रशिक्षण प्रदान गरिएको हो ।

आज एक कार्यक्रमका बीच इलामकी जिल्ला समन्वय उपप्रमुख चित्रकला बराइलीका प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको छ ।

तालिममा सुदूरपश्चिम, गण्डकी, लुम्बिनी, बागमती तथा १ नम्बर प्रदेशका युनिकम नेपालका नेतृत्वसहित ६० जनाको सहभागिता रहेको थियो ।

केन्द्रीय महासचिव लेखनाथ दाहालले स्वागत गरेको समापन कार्यक्रममा केन्द्रीय अध्यक्ष गजेन्द्रबहादुर पौडेलले व्यापार क्षेत्रमा काम गर्ने कामदारलाई घरेलु कामदारको रुपमा हेरिने गरेकोमा त्यसमा पछिल्लो समय परिवर्तन आएको बताए ।

पौडेलले युनिकमले व्यापारिक क्षेत्रमा गरिने कामलाई स्मार्ट जब बनाउने अभियान चलाइरहेको बताए । निजी क्षेत्रमा ठुलो हिस्साले काम गरिरहेको बताउँदै उनले कामदारले पनि आफ्नो क्षमतालाई सक्दो सदुपयोग गर्न सक्नुपर्ने बताए ।

प्रमुख अतिथि बराइलीले तालिमले व्यक्तित्व तथा नेतृत्व विकासमा सहयोग पुग्ने भन्दै आयोजकप्रति धन्यवाद व्यक्त गरिन् ।

Adv block_7_1

सहभागीको तर्फबाट लुम्बिनी प्रदेश सचिव भेषराज भण्डारी र युनिकम नेपालकी डिपार्टमेन्ट स्टोर्स संयोजक अर्पणा लामाले तालिम फलदायी र प्रभावकारी भएको अनुभव सुनाए ।

तालिमको उद्घाटन सार्क चेम्बर एन्ड कर्मसका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले गरेका थिए ।

तालिममा सहभागीलाई युएनआइ एसिया प्यासिफिकका प्रोग्राम को–अर्डिनेटर तिलकजंग खड्का (कल्याण), नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई र संघका केन्द्रीय अध्यक्ष पौडेलले प्रशिक्षण दिएका थिए ।

युनिकम झापा अध्यक्ष कृष्ण पोखरेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा कार्यक्रममा युनिकमका केन्द्रीय कोषाध्यक्ष दुर्गा भट्ट, केन्द्रीय सदस्यहरुसहित प्रदेश समितिका युनिकम सम्बद्ध पादधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer