२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

एसइइमा उत्कृष्ट नतिजा ल्याउने ओलीलाई देवी माविको सम्मान


बिर्तामोड, साउन २६ । झापाका सामुदायिक विद्यालयहरुमा अब्बल रहेको बिर्तामोडको देवी माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ ।

No description available.

विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यालयबाट एसइइ २०७८ को परीक्षामा सबैभन्दा उच्च जिपिए ल्याउने कोमल ओलीलाई सम्मान गरिएको प्रधानाध्यापक अम्बिका श्रेष्ठले जानकारी दिइन् ।

ओलीलाई नगद पाँच हजारसहित विद्यालयले सम्मान गरेको हो । उनले ३ दशमलव ६२ जिपिए प्राप्त गरेकी छन् । यो जिपिए ९० दशमलव ५ प्रतिशत अंक हो ।

No description available.

विद्यालयबाट एसइइमा २८४ जना विद्यार्थी सहभागी थिए । तीमध्ये २३० जनाले १ दशमलव ६ जिपिए प्राप्त गरेको श्रेष्ठले बताइन् ।

बिर्तामोडका संस्थागत विद्यालयमा जस्तै अंग्रेजी शिक्षा, पोसाक तथा अनुशासन रहेको देवी माविमा हाल तीन हजार २०० विद्यार्थी अध्ययनरत् छन् । उत्कृष्ट पढाइ, भव्य भवन र स्वच्छ वातावरणका कारण देवीमा विद्यार्थीको चाप बढ्ने गरेको छ ।

Adv sidebar_3

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer