२०८१ बैशाख ११ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

राजवंशी समाज विकास समितिको केन्द्रीय अध्यक्षमा अभय


बिर्तामोड, साउन २९ । राजवंशी समाज विकास समितिको केन्द्रीय अध्यक्षमा अभय (वरुण) राजवंशी निर्वाचित भएका छन् ।

No description available.

झापा कनकाईस्थित घैलाडुब्बाका स्थायी बासिन्दा अभय शैक्षिक व्यवसायी हुन् । उनी कोचिला ग्राभुर फ्रन्टका अध्यक्ष पनि हुन् ।

त्यस्तै, समितिको उपाध्यक्षहरुमा बद्रीनारायण राजवंशी, मोहन राजवंशी, नौतली राजवंशी र लक्ष्मीकुमारी राजवंशी चयन भएका छन् ।

समितिको महासचिवमा राजुकुमार राजवंशी र कोषाध्यक्षमा अनिलकुमार राजवंशी चयन भएका छन् ।

No description available.

त्यस्तै, सचिवमा संगीता राजवंशी, सुवासचन्द्र राजवंशी, बबिता राजवंशी र पूर्णलाल राजवंशी चयन भएका छन् ।

समितिको सदस्यहरुमा सुपेन राजवंशी, रविन्द्र राजवंशी, नारायण राजवंशी, सुखित राजवंशी, जयप्रकाश राजवंशी, प्रमोद राजवंशी, मदनलाल राजवंशी, कल्पना राजवंशी, सावित्रा राजवंशी र मिनाकुमारी राजवंशी चयन भएका छन् ।

This image has an empty alt attribute; its file name is aadarsa-1.png

बिर्तामोडमा सम्पन्न समितिको विशेष केन्द्रीय अधिवेशनले अभयलाई अध्यक्षमा चयन गरेको हो । असार ३१ र ३२ गते मोरङमा सम्पन्न अधिवेशन विधि र प्रक्रियाविपरीत भएको भन्दै विशेष केन्द्रीय महाधिवेशन तदर्थ समितिले बिर्तामोडमा अधिवेशन गरेको हो ।

२०५० सालमा स्थापना भएको विकास समिति झापा, मोरङ र सुनसरी जिल्लामा मुख्य बसोबास गर्ने राजवंशीहरूको साझा जातीय संस्था हो ।

Adv sidebar_3

नवनिर्वाचित २१ सदस्यीय पूर्ण समितिबारे आज पत्रकार सम्मेलन गरेर समाजले जानकारी दिँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer