२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा झापाका युगलकिशोर नियुक्त


बिर्तामोड, साउन ३० । अखिल नेपाल फुटबल संघ (एन्फा) ले झापा भद्रपुरका युगलकिशोर राईलाई राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरेको छ ।

No description available.

बंगलादेशविरुद्ध असोजमा हुने मैत्रीपूर्ण खेलका लागि एन्फाले राईलाई नियुक्त गरेको प्रवक्ता सुरेश शाहले झापा टुडेलाई जानकारी दिए ।

राईले गत वर्षको लिगमा हिमालयन शेर्पा क्लबलाई प्रशिक्षण दिएका थिए । राष्ट्रिय टोलीका पूर्वस्ट्राइकर समेत रहेका राईको प्रशिक्षणमा धनगढी एफसी गत वर्ष नेपाल सुपर लिग (एनएसएल) को फाइनल पुगेको थियो ।

This image has an empty alt attribute; its file name is aadarsa-1.png

सहायक प्रशिक्षक नियुक्त भएको सोमबार नै जानकारी पाएको उल्लेख गर्दै राईले भने, ‘पहिला राष्ट्रिय टोलीमा पर्नका लागि खेलाडीको रुपमा मेहनत गरिन्थ्यो । अहिले काम गर्दै जाँदा राष्ट्रिय टोलीको सहायक प्रशिक्षकको जिम्मेवारी पाइयो । यसलाई अवसरको रुपमा लिएको छु ।’

Adv sidebar_3

त्यस्तै, एन्फाले गोलकिपर प्रशिक्षकमा विनोद डंगोललाई नियुक्त गरेको छ । मनाङ मस्र्याङ्दी क्लबका पूर्वगोलकिपर डंगोल भने लिगमा मनाङकै गोलकिपर प्रशिक्षक रहेका थिए ।

एन्फाको साउन २६ गते बसेको केन्द्रीय समितिको दोस्रो बैठकले प्रदीप हुमागाईंलाई कार्यवहाक मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

राईले धनगढीलाई प्रशिक्षण दिँदा हुमागाईं भने एनएसएलमा ललितपुर सिटी एफसीको प्रशिक्षक थिए । उनको नेतृत्वमा टोलीले सन्तोषजनक प्रदर्शन गर्न नसकेपछि बर्खास्त गरेको थियो । यद्यपि, उनले बर्खास्त अघि आफूले राजीनामा दिइसकेको दाबी गरेका थिए ।

No description available.

नेपालबाहिर रहेका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २६ खेलाडीलाई प्रशिक्षणमा डाक्न एन्फालाई अनुरोध गरे पनि एन्फाले आइतबार ४० खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएको थियो ।

हुमागाईंले युवा र अनुभवी खेलाडी समेट्दै ४० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् । टोलीमा अलमुताइरीले बाहिर राखेका कप्तान किरण चेम्जोङसहितका खेलाडी समेत समावेश रहेका छन् ।

राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा बोलाइएका ४० खेलाडी

गोलरक्षक– किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ

डिफेन्डर – अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दीनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, रञ्जित धिमाल, निशान खड्का, अमित तामाङ, राजन गुरुङ

मिडफिल्डर – संजोक राई, पुजन उपरकोटी, तेज तामाङ, एरिक विष्ट, सेसेहाङ आङदेम्बे, सुदीप गुरुङ, विशाल राई, मनिष डाँगी, सुरज ज्यु ठकुरी, सुभाष गुरुङ, आवास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ, अन्जन विष्ट

फरवार्ड– विमल घर्तिमगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, ऋतिक खड्का, जर्जप्रिन्स कार्की, आशिष चापागाई, अभिषेक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer