२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

नेप्लिज टिन्सको आयोजनामा बिर्तामोडमा स्ट्यान्डअप कमेडी सो हुने


बिर्तामोड, भदौ ८ । झापाको बिर्तामोडमा अहिलेसम्मकै ठुलो स्ट्यान्डअप कमेडी सो हुने भएको छ ।

कमेडी च्याम्पियन हिमेश पन्तसहितका चारजना चर्चित हास्य कलाकारले गर्ने देशव्यापी स्ट्यान्डअप कमेडी टुर भदौ ११ गते झापाको बिर्तामोडबाट सुरु हुनेछ ।

This image has an empty alt attribute; its file name is aadarsa-1.png

नेपाली किशोर र युवा उमेर समूहको ठुलो सञ्जाल भएको सामाजिक संस्था नेप्लिज टिन्सले आफ्नो सातौँ वार्षिकोत्सवको अवसर पारेर स्वर्गीय दिपिका लिम्बूको स्मृतिमा बिर्तामोडमा स्ट्यान्डअप कमेडी सो गर्न लागेको हो ।

Adv sidebar_3

आफ्नो टिमकी महत्वपूर्ण तथा सक्रिय सदस्य दिपिकाको निधन भएपछि नेप्लिज टिन्स संस्थागत रुपमा दर्ता भएर सामाजिक कार्यमा निरन्तर सक्रिय हुँदै आएको छ ।

नेप्लिज टिन्सका संस्थापक तथा अध्यक्ष मनिष बस्नेतका अनुसार कार्यक्रम बिर्तामोडको आदर्श ब्यांक्वेटमा कार्यक्रम हुनेछ । कलेजतिर नाम दिइएको कार्यक्रमको प्रवेश शुल्क ५० रुपैयाँ रहेको छ ।

कार्यक्रममा सारेगमप लिटल च्याम्प्सकी विजेता कृपा पौडेलले पनि गायन प्रस्तुति दिने बस्नेतले जानकारी दिए ।

झापा टुडे डटकम स्थानीय मिडिया पार्टनरको रुपमा रहेको कार्यक्रममा पन्तसहित, सरोज भण्डारी, डोरेश खतिवडा र सुजन जिम्बाको विशेष प्रस्तुति रहने बस्नेतले जानकारी दिए ।

Adv sidebar_4

युवालक्षित कार्यक्रम सो मोफसलका दर्शकमा लाइभ स्ट्यान्डअप कमेडीको अनुभव दिलाउने उद्देश्यले गर्न लागिएको हो । युवासँग सम्बन्धित इस्युमा रहेर स्ट्यान्डअप कमेडी गरिने बस्नेतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer