२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

स्प्रिङडेलका नवआगन्तुक विद्यार्थीलाई स्वागत सम्मान


बिर्तामोड, भदौ २३ । काँकरभिट्टामा रहेको स्प्रिङडेल कलेज अफ हस्पिटालिटी मेनेजमेन्टले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत सम्मान गरेको छ ।

जोरसिमलमा रहेको होटल मेची क्राउनमा एक भव्य कार्यक्रमको आयोजना गरेर नयाँ विद्यार्थीलाई स्वागत सम्मान गरिएको हो ।

Adv sidebar_3

होटल मेनेजमेन्ट र हस्पिटालिटी सम्बन्धी कक्षा दिँदै आएको कलेजले विद्यार्थीलाई होटलको अवलोकनसमेत गराएको निर्देशक विजय क्षेत्रीले जानकारी दिए ।

सिटिइभिटी र इटिभिएबाट मान्यता प्राप्त कलेजले विद्यार्थीलाई सैद्धान्तिक मात्र नभएर व्यावहारिक ज्ञान प्रदान गर्न होटलको भम्रणसँगै स्वागत गरेको थियो ।

Adv sidebar_4

कलेजका निर्दशक नीरज श्रेष्ठ नवआगन्तुक विद्यार्थीलाई होटल मेनेजमेन्ट, पर्यटन तथा हस्पिटालिटीका बारे प्रशिक्षण दिएको कार्यक्रममा विद्यार्थीले फेसन सो, नृत्य तथा गायन प्रस्तुत गरेका थिए ।

कार्यक्रमकै अवसर पारेर कक्षा १२ का दुईजना विद्यार्थीलाई समेत सम्मान गरिएको थियो ।

क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रकृति राईले गरेकी थिइन् भने सञ्चालन शिक्षक युवराज दाहाल र जोस्ना राजवंशीले गरेका थिए ।

व्यवस्थित र आधुनिक प्रयोगशाला रहेको लेजमा दैनिक प्रयोगात्मक अभ्यासहरु गराइन्छ भने कलेजले विद्यार्थीलाई हरेक तीनतीन महिनामा स्थलगत अवलोकलमा समेत लैजाने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer