२०८१ बैशाख १९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

भारतको दार्जीलिङमा नेपालका पर्यटकीय गन्तव्यहरुको चर्चा


बिर्तामोड, भदौ ३१ । भारतको दार्जीलिङमा नेपालका पर्यटकीय गन्तव्यहरुका बारेमा बृहत चर्चा गरिएको छ ।

भारतको प्रमुख पर्यटकीय गन्तव्य दार्जीलिङमा पश्चिम बंगालस्थित इस्टर्न हिमालय ट्राभल एन्ड टु अपरेटर्स एसोसिएसनले आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय पर्यटन सम्मेलनमा नेपालका पर्यटकीय गन्तव्यहरुका बारेमा जाकारीमुलक चर्चा भएको हो ।

भारत, नेपाल र बंगलादेशका झन्डै दुई सय पर्यटन व्यवसायी, पर्यटनसँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकायहरुका प्रतिनिधिहरुको सहभागितामा दुई दिनसम्म चलेको सम्मेलनमा नेपालका इलाम, पाँचथर, ताप्लेजुङ, सोलुखुम्बु, धनकुटा, गोरखा, पोखरा, काठमाडौँ, मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला, मुगु, डोल्पालगायत नयाँ पर्यटकीय गन्तव्यहरुका बारे जानकारी गराइएको सम्मेलनमा सहभागी नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट (नाटा) प्रदेश नम्बर १ का महासचिव नविन खरेलले बताए ।

नेपालका तर्फबाट नेपाल पर्यटन बोर्डका गोपाल भण्डारी र नाटा प्रदेश १ का अध्यक्ष उदयकुमार श्रेष्ठले प्रस्तुति दिएका थिए । भारत तथा बंगलादेशका पर्यटन व्यवसायी र सरोकारवालाहरुले नेपालको प्रस्तुतिलाई चासोपूर्वक अवलोकन मात्र गरेनन् नेपालका पर्यटकीय गन्तव्यहरुका बारे उत्साहित हुँदै आफ्ना देशका नागरिकलाई सकेसम्म नेपाल घुम्न प्रोत्सािहत गर्ने बताएका थिए ।

Adv sidebar_3

र्याफ्टिङ, बञ्जी, प्याराग्लाइडिङ, माउन्टेनिङजस्ता एड्भेन्चर र होमस्टेलाई प्राथमिकता दिइएको सम्मलेनमा नेपालमा त्यस्ता गन्तव्यहरु निकै रहेको प्रस्तुतिबाट थाहा पाएका सहभागीहरुले आफू पनि नेपाल घुम्न आउने र अरुलाई पनि घुम्न जान प्रेरित गर्ने बताएका थिए ।

इस्टर्न हिमालय ट्राभल एन्ड टु अपरेटर्स एसोसिएसनका अध्यक्ष देवाशिष मैत्रको अध्यक्षतामा आयोजित समारोहका बीच सम्मेलनको उद्घाटन प्रमुख अतिथिका रुपमा गोर्खाल्यान्ड क्षेत्रीय प्रशासक अनित थाापले गरेका थिए । उनले नेपाल, बंगलादेशसँगको क्रस बोर्डर पर्यटनलाई विस्तार गर्न गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन सधैँ तत्पर रहने बताए ।

Adv sidebar_4

समारोहलाई पश्चिम बंगाल सरकारको पर्यटन विभागका डा. सौमित्र मोहन, इन्डियन चेम्बर अफ कमर्सका अध्यक्ष निशान्त मित्तल, जिटिए पर्यटन विभागका कार्यकारी सदस्य नोरदेन शेर्पा, दार्जीलिङ नगरपालिकाका प्रमुख रितेश पोर्तेललगायतले सम्बोधन गरेका थिए । समारोहमा तीनै देशको राष्ट्रगान बजाइएको थियो ।

सम्मेलनको पहिलो दिन ग्रामीण तथा एडभेन्चर पर्यटन, होमस्टे, बि टु बि मिटिङ, प्यानल डिस्कसनहरु भएको थियो भने दोस्रो दिन म्याराथन दौडलगायतका कार्यक्रम भएको नाटा प्रदेश नम्बर १ का अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

नेपालको तर्फबाट सम्मेलनमा पर्यटन बोर्डका गोपाल भण्डारी, नाटा प्रदेश नम्बर १ का अध्यक्ष उदयकुमार श्रेष्ठ, उपाध्यक्ष ऋषि तिम्सिना, महासचिव नविन खरेल, कोषाध्यक्ष सजित तामाङ, पूर्वअध्यक्ष भविस श्रेष्ठ, पर्यटन व्यवसायी जीवन पराजुली, ज्ञानमणि नेपाल, राजेश पहाडी, उषा खरेल, गीता पहाडी, आयुष खरेल, पत्रकार दिपक कार्कीलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer