२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

विद्यार्थीसँग मेगा बैंकको वित्तीय साक्षरता


बिर्तामोड, भदौ ३१ । विद्यार्थीहरुलाई बैंकिङ र वित्तीय क्षेत्रबारे जानकारी गराउने उद्देश्यले मेगा बैंक नेपाल लिमिटेड बिर्तामोड शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

आज एक कार्यक्रमको आयोजना गरी बैंकले बिर्तामोडको इकोम कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरताबारे प्रशिक्षण दिएको हो ।

Adv sidebar_4

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले कक्षा ११ मा अध्ययनरत विद्यार्थीबीच वित्तीय साक्षरताबारे छलफल गरेको थियो ।

Adv sidebar_3

कलेजका एक सयजना विद्यार्थीले सहभागिता जनाएको कार्यक्रममा बैंकका शाखा प्रबन्धक दिनेश पनेरुले बैंकिङको महत्व, बचत गर्ने तरिका, बचतका फाइदा, डिजिटल बैंकिङ, लगानी, पुँजी बजार लगायतका विषयमा जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer