२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

नवौँ राष्ट्रिय खेलकुदः प्रदेश छनोटमा खोखो, फुटबल र भलिबलको उपाधि झापालाई


बिर्तामोड, असोज २ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत १ नम्बर प्रदेशस्तरीय छनोट प्रतियोगितामा झापाले पुरुषतर्फको खो–खो खेलको उपाधि जितेको छ ।

Adv sidebar_4

भद्रपुर माविमा भएको प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न फाइनल खेलमा मोरङलाई पराजित गर्दै झापाले उपाधि जितेको हो । झापाले कडा प्रतिस्पर्धाका बीच मोरङलाई पराजित गरेको प्रशिक्षक जयप्रकाश राजवंशीले जानकारी दिए ।

महिलातर्फको उपाधि भने मोरङले जितेको छ । मोरङले संखुवासभालाई पराजित गर्दै उपाधि जितेको हो । झापा सेमिफाइनलमा पराजित भयो ।

Adv sidebar_3

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारीको अध्यक्षतामा आयोजित प्रतियोगिताका प्रमुख अतिथि कबड्डीका अन्तर्राष्ट्रिय खेलाडी तथा भद्रपुर नगरपालिकाका निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठले खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

आइतबार दमकमा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । इटहरीमा भएको पुरुष भलिबलको उपाधि झापाले जितिसकेको छ ।

झापाको काँकरभिट्टामा ब्याडमिन्टनका खेलहरु आइतबार नै सुरु भएको छ भने सोमबार मेची रंगशालामा कबड्डी र आर्चरीको खेल सुरु अध्यक्ष भण्डारीले जानकारी दिए ।

यसैबीच, इटहरीमा आइतबार सम्पन्न महिला फुटबलको उपाधि झापाले जितेको छ ।

झापाबाहिर जारी आइटिएफ तेक्वान्दोमा हालसम्म झापाले ६ स्वर्ण जितेको छ भने करातेमा दुई स्वर्ण, एक रजत र एक कास्य पदक जितेको छ ।

त्यस्तै, बुद्धिचालमा झापाले दुई स्वर्ण र एक रजत पदक हात पारिसकेको प्रशिक्षक कृष्ण सिग्देलले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer