२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

जेसीज सप्ताहमा बिर्तामोडका युवाको साइक्लिङ र्‍याली


बिर्तामोड, असोज ३ । वीरता जेसीजको सप्ताह कार्यक्रमको अवसर पारेर बिर्तामोडका युवाहरुले साइक्लिङ र्‍याली गरेका छन् ।

Adv sidebar_4

आज एक कार्यक्रमको आयोजनापछि ३२ जनाको संख्यामा रहेका साइकल राइडरहरुले १८ किलोमिटर यात्रा तय गरेका थिए ।

बिर्तामोड मेगा कम्प्लेक्सबाट सुरु भएको यात्रा मातामन्दिर हुँदै सालाबारी झिललाई एक फन्को लगाउँदै देउनियाँ पुलबाट पश्चिम बुट्टाबारीबाट बिर्ताबजार भएर विराटपोखरमा टुंगिएको थियो ।

वीरता जेसीजका अध्यक्ष प्रविन खड्काको अध्यक्षता तथा पूर्वअध्यक्ष निर्मल भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक कार्यकारीणी उपाध्यक्ष कुशल खतिवडाले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव टिकाराम खतिवडाले गरेका थिए ।

त्यस्तै, जेसीजले डस्टबिन वितरण गरेको छ । पूर्वअध्यक्ष सजेश शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक कानुनी सल्लाहकार प्रकाश सुवेदीले स्वागत गरेका थिए ।

कार्यक्रममा विराट सरोवर वहुउद्देश्यीय विकास संस्थालाई आठवटा कंक्रिटका डस्टबिन वितरण गरिएको थियो । कार्यक्रममा विकास संस्थाका अध्यक्ष ईन्द्रप्रसाद प्रसाईंले वीरता जेसीजले गरेको कार्यको प्रशंसा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer