२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

नवौँ राष्ट्रिय खेलकुदः प्रदेश छनोटको आर्चरी समूहगत महिलामा झापालाई स्वर्ण, व्यक्तिगत र समूहगत पुरुषमा संखुवासभा प्रथम


बिर्तामोड, असोज ४ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत १ नम्बर प्रदेशस्तरीय छनोट प्रतियोगिताको झापामा खेलाइने खेलहरुमध्ये आज मंगलबार ब्याडमिन्टन र आर्चरी खेलको समापन भएको छ ।

काँकरभिट्टाको कभर्डहलमा ब्याडमिन्टन र भद्रपुरस्थित होटल एभरेटमा आर्चरीको खेलको समापन गरिएको जिल्ला खेलकुद विकास समिति झापाका सदस्य एवम् प्रवक्ता जगन दुर्वासा कार्कीले जानकारी दिए ।

आर्चरीको छनोटअन्तर्गत जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवम् खेल संयोजक भेषराज भण्डारी प्रशान्तको अध्यक्षतामा आयोजित समापन कार्यक्रमका प्रमुख अतिथि १ नम्बर प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष जिना कार्कीले खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरेकी थिइन् ।

समितिका सदस्य कार्कीले सञ्चालन र झापा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष गंगा कोइरालाले स्वागत गरेको कार्यक्रममा बोर्ड उपाध्यक्ष कार्कीले विजयी खेलाडीलाई शुभकामना दिएकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि कार्कीले खेल खेल्ने क्रममा आइपर्ने समस्या र अभाव खुलेर राख्न खेलाडीलाई अनुरोध गरिन् ।

Adv sidebar_3

आर्चरीको स्यान्डर्ड पुरुष व्यक्तिगत ३० मिटरतर्फ संखुवासभाका जोजो भोटे, ङादर भोट र पासाङ भोटे क्रमशः स्वर्ण, रजत र कास्य पदक जिते ।

स्यान्डर्ड महिला व्यक्तिगत ३० मिटरतर्फ गंगा राई (सुनसरी) स्वर्ण, अन्जु राई (सुनसरी) रजत र योगिता काम्बाङ (झापा) ले कास्य जिते ।

स्यान्डर्ड पुरुष समूहगत ३० मिटरतर्फ संखुवासभाले स्वर्ण, सुनसरीले रजत र झापाले कास्य जित्यो । स्यान्डर्ड महिला समूहगत ३० मिटरतर्फ झापाले स्वर्ण, सुनसरीले रजत र भोजपुरले कास्य जित्यो ।

Adv sidebar_4

स्यान्डर्ड महिलापुरुष समूहगत ३० मिटरतर्फ सुनसरीले स्वर्ण, झापाले रजत र भोजपुरले कास्य जित्यो ।

त्यस्तै, रिकर्भ पुरुष व्यक्तिगत ७० मिटरतर्फ विक्रमजित राईले स्वर्ण, निरन्जन राईले रजत अजय राईले जिते ।

झापामा प्रदेशस्तरीय बक्सिङ र शारीरिक सुगठनका खेलहरु बुधबार सुरु हुने छन् । बक्सिङ दमकमा र शारीरिक सुगठन बिर्तामोडमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer